Logo
१२ बैशाख २०८१, बुधबार
(January 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण गर्दै औषधिको प्रभावकारी व्यवस्थापन गर्ने

काठमाडौं : स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण गर्दै औषधिको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ ।  उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा आइतबार बसेको औषधि परामर्श परिषद्को १५ औँ बैठकमा औषधिको मूल्य निर्धारण,अनुगमन समिति निर्माण तथा प्रभावकारी व्यवस्थापन गर्ने विषयमा छलफल भएको हो ।

बैठकमा औषधि व्यवस्था विभागलाई सुदृढ बनाउने,गुणस्तरीय औषधि उत्पादन तथा आयात व्यवस्थापन गर्ने विषयमा बैठकमा छलफल भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आगामी दिनमा औषधिको व्यवस्थापन गर्न मन्त्रालयका पदाधिकारी,औषधि उत्पादक र आयातकर्ताबीचमा छलफल गर्ने बैठकले निर्णय गरेको छ । सो अवसरमा उपप्रधानमन्त्री यादवले औषधि ऐनको विनियमावली बनाउँदा औषधिको मूल्य जनताले धान्नसक्ने हुनुपर्नेमा जोड दिँदै औषधिको गुणस्तर र मूल्य सन्तुलनमा ध्यान दिन समेत निर्देशन दिए ।

उनले औषधि उत्पादकको गुनासोलाई ध्यानमा राख्दै स्वदेशी उद्योगलाई संरक्षण गर्दै गुणस्तरीय र उत्पादन क्षमता वृद्धि गर्दै लाने, आयातलाई थप व्यवस्थित गर्न निर्देशन दिए ।

प्रकाशित मिति: Jan 7, 2019

प्रतिक्रिया दिनुहोस्