Logo
८ बैशाख २०८१, शनिबार
(January 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अष्ट्रेलियामा भारतले पहिलाे पटक टेस्ट सिरिज जित्याे

२३ पुष : भारतले अष्ट्रेलियामा अष्ट्रेलियालाई पहिलाे पटक टेस्ट सिरिज जितेकाे छ । क्रिकेट इतिहासकाे ७२ वर्षमा भारतले अष्ट्रेलियालाई अष्ट्रेलियामा पहिलाे पटक जितेकाे हाे ।

अष्ट्रेलियामा भएकाे ४ टेस्टकाे  सिरिज भारतले २-१ ले जित हासिल गरेकाे हाे । अन्तिम टेष्ट अष्ट्रेलियाकाे सिड्नी क्रिकेट भएकाे थियाे । उक्त खेल बर्षाका कारण बराबरी भएपछि अष्ट्रेलिया ३-१ काे हार बाट जाेगिए पनि  सिरिज भने जाेगाउन सकेन ।

अन्तिम टेस्ट क्रिकेटमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले राम्रो प्रदर्शन गर्दै ६२२ रन बनाएर इनिङ्ग समाप्तीकाे घाेषण गरेकाे थियाे । भारतकाे लागि ओपनर केएल राहुल पटक पटक असफल भए पनि अर्का ओपनर मायांक अग्रवालले ७७ रनको पारी खेल्दै पुजारासँग ११६ रनको साझेदारी गरी भारतलाई राम्रो शुरुवात दिलाए ।

भारतका लागि चेतेश्वर पुजारा र रिषभ पन्तले शतकिय पारी खेलेका थिए । चेतेश्वर पुजाराले ३७३ बलको सामाना गर्दै १९३ रन पारी खेलेका थिए । भने पन्तले १८९ बलकाे सामाना गर्दै १५९ रनकाे पारी खेले । चेतेश्वर पुजारा सिरिजमा ५२१ रन बनाउँदै प्लेयर अफ दि सिरिज भए ।

भारतका लागि अलराउण्डर जडेजाले अन्तिममा आक्रमक पारी खेल्दै ८१ रनकाे याेगदान गरे । अन्य भारतका लागि हनुमा विहारीले ४२,  भारतिय  कप्तान विराट कोहलीले २३ रन तथा राहाणेले १८ रन बनाए ।

६२२ रनकाे बिशाल स्काेर पछ्याउने क्रममा अष्ट्रेलियाका खेलाडीले राम्राे प्रदर्शन गर्न सकेनन् । अष्ट्रेलियाका लागि हर्रिसले अर्ध-शतक बनाउनु बाहेक अन्य खेलाडीले ठूलाे रन बनाउन नसकेपछि अष्ट्रेलियाले पहिलाे पारीमा ३०० रन बनाएर अल आउट भयाे । अष्ट्रेलियालाई ३०० रन मा आउट गर्नमा भारतका लागि अष्ट्रेलियामा पहिलाे टेस्ट खेलेका कुलदिप यादवले ५ विकेट लिए ।

पहिलाे पारीमा ३२२ रनले पछि रहेपछि अष्ट्रेलियाले फलाे अन जाेगाउन सकेन । भारतले फलाे अन  गराएकाे अष्ट्रेलियाले दाेस्राे पारीमा वर्षाले खेल हुन नसके पछि खेल बराबरीमा सकिएकाे हाे ।

प्रकाशित मिति: Jan 7, 2019

प्रतिक्रिया दिनुहोस्