Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयल निगम जस्तै अब काठ दाउरा बेच्न निगम बनाउने तयारी

काठमाडौं : सरकारले काठ, दाउरा बिक्रीका लागि नेपाल वन निगम बनाउने तयारी गरेको छ । वन तथा वातावरण मन्त्रालयले टिम्बर कर्पोरेशन अफ नेपाल (टीसीएन) र वन पैदावार विकास समिति गाभेर निगम बनाउन थालेको हो ।

सरकारले १८ साउनको मन्त्रिपरिषद्को बैठकबाट टीसीएन र समिति गाभ्ने निर्णय गरेको थियो । विगत ४ दशकदेखि यी दुबैले काठ, दाउरा बेच्दै आएपनि खासै प्रभावकारी देखिएका थिएनन् ।

प्रस्तावित निगमको सञ्चालक समितिको अध्यक्ष मन्त्रालयका सचिव रहने तथा कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशकले निगम हाँक्ने गरी प्रस्ताव गरिएको छ ।

निगमले मुख्यगरी बिरुवा रोप्नेदेखि हुर्काउने, अनुसन्धान गर्ने, कमजोर प्रजातिका काठलाई ट्रिटमेन्ट गरी टिकाउ बनाउने र काठ काटेर बिक्री गर्ने लगायतका काम गर्ने अवधारणा अघि सारिएको छ ।

प्रकाशित मिति: Jan 7, 2019

प्रतिक्रिया दिनुहोस्