Logo
१५ चैत्र २०८०, बिहीबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समृद्धिको ‘बतासे ठट्टा’ पछि प्रतिनिधिसभाको बैठक हंगामा, हेर्नुस् १७ तस्विर

प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधका कारण संसद् बैठक स्थगित भएको छ । अर्को बैठक २५ गते बुधबार १२ बजेलाई बोलाइएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले अवरोध गर्ने चेतावनीपछि आइतबार सा‌ंसदको दोस्रो बैठक स्थगित भएको हो । संसद सचिवालयले सूचना टाँसेर बैठक स्थगित भएको जानकारी दिएको छ ।

आइतबारको पहिलो बैठकमा कांग्रेस सा‌ंसदले प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाएको भन्दै अवरोध पुर्‍याएका थिए । त्यसअघि बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेका थिए । कांग्रेसका सांसदको भनाइमा समृद्धिको ‘बतासे ठट्टा’ पछि संसदका प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ ।

प्रधानमन्त्री ओली प्रश्न सोध्न पाउनु पर्ने कांग्रेस सांसदको माग बेवास्ता गर्दै सभामुख कृष्णबहादुर महराले बैठक अघि बढाउन खोजेपछि बैठक अवरुद्ध भएको हो । कांग्रेस एक सांसदले प्रधानमन्त्री ओलीको सम्बोधनलाई बतासे ठट्टाको शंज्ञा दिँदै आफुहरुले संसदमा प्रश्न गर्न पाउनु पर्ने माग गरेका छन्।

बैठकमा ओलीले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने सरकारको मूल दायित्व भएको बताएका छन्। उनले त्यसका लागि सुशासन र विकासको महाअभियान आवश्यक रहेको उल्लेख गरे ।

ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै त्यसको प्रभावकारी कार्यान्वयन र आर्थिक प्रगतिको दिशामा अघि बढ्नु सरकारको कार्यभार रहेको बताए । सरकार अहिले यस आर्थिक बर्षको सरकारको नीति कार्यक्रम र बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षाको क्रममा रहेको उल्लेख गरे।

हेर्नुस् तस्विरहरु : 

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्