Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्रेकअपका कारण डिप्रेसनमा गायिका नेहा कक्कड 

सन् २०१८ मा बलिउड फिल्म उद्योगमा बलिउड उद्योगका धेरैजसो कलाकारले वैवाहिक जीवनको सुरुवात गरे । तर एक जना कलाकारको भने वर्ष २०१८ को अन्त्यमा आएर प्रेम सम्बन्ध टुटेको छ ।

गायिका नेहा कक्कड र अभिनेता हिमांश कोहलीको प्रेम सम्बन्ध वर्षको अन्त्यमा टुटेको छ । ब्रेकअपपछि गायिका नेहा कक्कडले आफूलाई सम्हाल्न निकै गाह्रो भइरहेको छ ।

यतिसम्मकी उनी निर्णायक रहेको ‘इन्डियन आइडल १०’ को सेटमा आफूलाई सम्हालन नसकेर सबैका अगाडि रोएकी थिइन् । र अहिले सार्वजनिक खबरहरुका अनुसार नेहा कक्कडलाई डिप्रेसन भएको छ ।

हिमांश कोहलीसँगको ब्रेकअपपछि नेहाले आफूलाई सम्हाल्न निकै प्रयास नगरेकी भने होइनन् । नेहाले क्रिसमस र नयाँ वर्ष २०१९ सेलिब्रेट गर्दै गरेका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् ।

यस कुराबाट उनले आफू ब्रेकअपको कुरालाई बिर्सिएर नयाँ सुरुवात गर्दै गरेको कुरा समेत दर्शाएकी थिइन् । यससँगै मिडिया तथा उनका फ्यानहरुलाई लागेको थियो, नेहाले तितो अतितलाई बिर्सिएर अगाडि बढ्न खोज्दैछिन् ।

तर त्यसको २ दिनपछि नेहाले यस्तो कुरा सार्वजनिक गरिन् जसका कारण उनका प्रशंसकहरु फेरि दुःखी भएका छन् । नेहाले उनको इन्स्टाग्राम स्टोरीमा आफू अहिले निकै खराब परिस्थितिबाट गुज्रिरहेको र डिप्रेसनको शिकार भएको बताएकी छिन् ।

नेहाले उनका पूर्वप्रेमीलाई मात्रै नभई ती व्यक्तिलाई समेत यसको जिम्मेवार रहेको बताएकी छिन् जसले लगातार उनको निजी जीवनको बारेमा प्रश्न गरिरहेका छन् र उनलाई खराब कमेन्ट गरेर दुःखी बनाउने प्रयास गरिरहेका छन् ।

हिमांश कोहली र नेहा कक्कडबीचको सम्बन्ध के कुराका कारण टुटेको हो नखुले पनि ब्रेकअप पनि नेहा कक्कडको हालत भने निकै खराब भएको छ ।

बलिउडमा सुपरहिट गीत गाएर फ्यानहरुो मन जित्दै आएकी नेहा कक्कड स्वयमको दिल भने उनकै प्रेमीले तोडिदिएपछि उनी डिप्रेसनको सिकार भएकी हुन् ।

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्