Logo
८ बैशाख २०८१, शनिबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक अध्ययनले खुलाए अत्यन्त लाभदायीक टिप्स : सात रोगबाट बचाउँछ हरियो खुर्सानी

काठमाडौं : स्वास्थ्य क्षेत्रका विज्ञहरुको एक अध्ययनले हरियो खुसार्नी स्वास्थ्यका लागि एकदमै उपयोगी रहेको जनाएका छन् । अधिकांश मानिसहरुले खाना खाने बेलामा पिरो खानेकुरालाई पाखा लगाउने गर्दछन् ।

तर खानामा कम्तीमा दुइवटा हरियो खुसार्नी खाने गर्नाले क्यान्सर जस्तो भयानक रोगबाट बच्न सकिन्छ । हरियो खुर्सानीले प्रकृतिक रुपमानै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ ।

हरियो खुर्सानीबाट पाउने फाईदा :

१) क्यान्सरबाट बचाउँछ स् पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना धेरै हुने गर्दछ । एक शोधका अनुसार खानामा हरियो खुर्सानी खाँदा प्रोस्टेट क्यान्सरबाट बचाउने गर्दछ । हरियो खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले क्यान्सरको जोखिमलाई कम गर्ने गर्दछ ।

२) मोटोपन कम गर्छः यदि तपाईं खानेकुरामा निकै सोच्ने गर्नुहुन्छ र सधैँ कम क्यालरीको खाना खानुहुन्छ भने तपाईंको लागि हरियो खुर्सानी राम्रो विकल्प हुनसक्छ । हरियो खुर्सानीमा क्यालरी हुँदैन त्यसकारण यदि तपाईं डाइटिङ गरिरहनुभएको छ भने हरियो खुर्सानी तपाईंको लागि निकै लाभदायक हुन्छ ।

३) सँधै जवान राख्न मद्धत गर्छ स्हरियो खुर्सानीमा भिटामिन इ को मात्रा निकै धेरै हुने भएका कारण यसमा प्राकृतिक तेल हुने गर्दछ जसले छालालाई नरम बनाइराख्न मद्दत गर्दछ । यसले तपाईंको छालालाई सधैँ जवान र चम्किलो बनाइराख्न मद्दत गर्दछ ।

४) मधुमेहबाट बचाउँछ स् हरियो खुर्सानीले रगतमा सुगरको लेभललाई कन्ट्रोल गर्दछ । जसले मधुमेहको समस्याबाट छुटकारा दिलाउँदछ । हरियो खुर्सानीमा पाइने फाइबरले खानालाई छिट्टै पचाउन पनि पद्धत गर्दछ ।

५) छालाको संक्रमणबाट बचाउँछ स् यदि तपाईंको छाला निकै नै संवेदनशील छ र तपाईंलाई संक्रमणको समस्या भइरहन्छ भने हरियो खुर्सानीले तपाईंलाई राहत प्रदान गर्नेछ । हरियो खुर्सानीको एन्टिब्याटरियल तत्वले तपाईंको छालालाई संक्रमणबाट बचाउँछ ।

६) हड्डिलाई बलियो बनाउँदछ स् हरियो खुर्सानीमा प्रसस्त मात्रमा आइरन पाइन्छ जसले हड्डिलाइ बलियो बनाउँदछ र रगतलाई पनि बढाउने गर्दछ । महिलाहरुको लागि हरियो खुर्सानी निकै लाभदायक हुन्छ ।

७) रोग प्रतिरोधात्मक क्षमता बढाउँदछ स् हरियो खुर्सानीमा भिटामिन सिको मात्रा प्रशस्त मात्रमा हुने गर्दछ जसले शरिरमा भिटामिन ‘सि’ को पुर्तिका साथै शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ ।

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्