Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका कर्मचारी घाम तापेर दिन कटाउदै

चितवन : चितवन र आसपासका जिल्लाको समेत अनुगमन गर्ने उदेश्यका साथ भरतपुरमा स्थापना गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले प्रभावकारी रूपमा काम गर्न सकेको छैनन् ।

गएको कार्तिक २६ गतेबाट तीन जना कर्मचारीको दरबन्दी रहने गरी स्थापना भएको उक्त कार्यालयमा डेढ महिनासम्म पनि कर्मचारी अनुगमनमा निस्किएका छैनन् । बिगतमा आफ्नै कार्यालय भवन नहुदाँ कार्य सञ्चालनमा असहजता सृजना भएपछि काम कामकारबाही थप प्रभावकारी बनाउन कार्यालय स्थापना भएकोे थियोे ।

तर, कार्यालय स्थापना भएपछि झन् काम कारबाहीमा भने शुन्यता छाएको हो । यस अघि जिल्ला प्रशासन कार्यालय भरतपुरमा कार्यालय रहने गरी बजार संरक्षण अधिकृत र खाद्य निरीक्षकले चितवनको बजार अनुगमन गर्दैआएका थिए । केही समय बजार संरक्षण अधिकृतको पद खाली भएपछि खाद्य निरीक्षक प्रबिण तिवारी एक्लैले बजारको अनुगमन र निरीक्षण गर्दै आएकोमा पछि उनको पनि सरुवा भएपछि नयाँ टिम आए पनि नयाँ टिमले कार्यालय खोल्ने बाहेक अरु केही काम गर्न सकेका छैनन् ।

चितवनमा नयाँ कार्यालय सञ्चालन गर्न धेरै समय लागेकाले संयुक्त बजार अनुगमन गर्न नसकिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत बिक्की राउतले बताए । अनुगमन गर्नुपर्ने महत्वपुर्ण समय दशैँ र तिहारको बिचमा नयाँ टिम चितवन आएको हो । यो बिचमा काम गरेर देखाउनुपर्नेमा उल्टै कार्यालयमा आइ घार तापेर समय बिताउने गरेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्