Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काम गर्दागर्दै साउदी अरेबियामा अचानक एक नेपालीको ज्यान गयो

साउदी अरेबियामा कार्यरत एक नेपालीको हाई ब्लडप्रेसर (उच्च रक्तचाप) का कारण मृत्यू भएको छ ।साउदीको एक कम्पनीमा चालकको रुपमा काम गर्दै आएको नेपालको बागलुँग जिल्ला बस्ने अन्दाजी बर्ष ४५ का राम कुमार श्रेष्ठको उक्तरक्तचापका कारण मृत्यू भएको साउदीको अस्पताल स्रोतले जनाएको छ ।

कामको शिलशिलामा श्रेष्ठ अचानक बेहोस भएपछि त्यहाँ कार्यरत अन्य नेपाली कामदारहरुले उनलाई गाडीमा राखेर उपचारको लागि क्याम्को अस्पताल लगिएको थियो । क्याम्पको अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि उनलाई चिकित्सकको सल्लाहमै एम्बुलेन्समा हालेर साउदी स्थित जिजानको अस्पताल लैजाँदै गर्दा बाटोमै दम तोडेको जनाइएको छ ।

विगत २ वर्षदेखि त्यही कम्पनीमा डरइवको रुपमा काम गर्दै आएको श्रेष्ठ एक पटक दुई वर्षको सम्झौता पुरा गरी घर फर्केका थिए भने करिब दुई महिना अघि मात्र उनी पुनः त्यही कम्पनीमा काम गर्नको लागि आएका थिए । घरबाट फर्केको दुई महिना नवित्दै उनको मृत्यू भएपछि त्यहाँ स्थित कम्पनीमा काम गर्ने कामदारहरुलाई त्रासमय जीवन भएको छ ।

करिब ३० हजारको हाराहारीमा त्यो कम्पनीमा नेपाली कामदारहरु कार्यरत रहेका छन् । उक्त कम्पनीमा महिनेपिच्छै एक दुई जनाको ज्यान गएको तथ्याँक छ । कोही विरामी भएर समयमा उपचार नगराउँदा, कोही रक्सी खाएरै ज्यान गुमाएको तथ्याँक छ ।

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्