Logo
१५ चैत्र २०८०, बिहीबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा प्रश्नावली : न्यूट्रन स्टारदेखि विविधताको महादेशसम्म

 

  • न्यूट्रन स्टार कहिले पत्ता लागेको हो ?
    → सन् १९६८
  • शिशुग्रहरुले के को परिक्रममा गर्छन् ?
    →सूर्य,
  • अधिक बर्ष प्रत्येक कति बर्षमा हुने गर्दछ ?
    → ४ बर्षमा
  • वि.स. २०७० को मदन पुरस्कार कसले प्राप्त गरेका हुन् ?
    → राधा पौडेल
  • सिंहदरवारमा आगलागि कहिले भएको थियो ?
    → वि.स. २०३० असार २५
  • महादेशले पृथ्वीको कति प्रतिशत भुभाग ओगटेको छ ?
    → २९ प्रतिशत
  • हाम्रो पृथ्वीमा कति वटा महादेश रहेका छन् ?
    → सात वटा
  • क्षेत्रफल र जनसंख्याका दृष्टिकोणले विश्वको सबै भन्दा ठूलो महादेश कुन हो ?
    → एसिया
  • एसिया महादेशमा कति वटा देश पर्दछन् ?
    → ४९ वटा
  • भुगोलका पिता को हुन ? वा जियोग्राफी शब्द पहिलो पटक कसले प्रयो गरेका हुन् ?
    → इराटोस्थेनिज
  • एसिया महादेशमा विश्वको कति जनसंख्या रहेको छ ?
    → ५४ प्रतिशत,
  • विश्वको सबै भन्दा अग्लो पठार पामिर कुन महादेशमा पर्छ ?
    → एसिया
  • विश्वको सबै भन्दा ठूलो ताल कुन हो ?
    → क्याप्सियन सागर(एसिया)
  • विश्वको सबै भन्दा चिसो ठाउँ बरखोयान्सक कुन महादेशमा पर्छ ?
    → एसिया
  • एसिया महादेशलाई के नामले चिनिन्छ ?
    → बिषमताको महादेश
  • एसिया महादेशमा सबै भन्दा बढी चिया उत्पादन हुने देश कुन हो ?
    → भारत
  • एसिया महादेशमा सबै भन्दा बढी हुलाक घर कुन देशमा छन् ?
    → भारत
  • विश्वको दोस्रो ठूलो महादेश कुन हो ?
    → अफ्रिका महादेश
  • कालो/अध्यारो महादेश उपनामले चिनिने महादेश कुन हो ?
    → अफ्रिका महादेश,
  • विश्वको सबै भन्दा ठूलो मरुभुमि कुन हो ?
    →सहारा(अफ्रिका महादेश)
  • विश्वको सबै भन्दा ठूलो स्वर्ण उतपादक नगर कुन हो ?
    → जोहान्सवर्ग(अफ्रिका महादेश)
  • विश्वको सबै भन्दा लामो नदि कुन हो ?
    → नाईल(अफ्रिका महादेश)
  • विविधताको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ?
    → अफ्रिका महादेश

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्