Logo
११ बैशाख २०८१, मंगलबार
(January 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टम्पाशेर र मेलिना राइको स्वरमा आयो ”काठैमा काटी दरबार” [ भिडियो]

काठमाडाै : नेपाली सांगीतिक आकाशकी चर्चित एबम  लोकप्रिय गायिका मेलिना राई र गायक टम्पाशेर राइको युगल स्वरमा नयाँ गीत ”काठैमा काटी दरबार”को म्युजिक भिडियो सार्वजनिक भएको छ  ।
हाइलाइटस नेपालबाट शुक्रबार साझ रिलिज गरिएको गीतमा टम्पाशेरको नै शब्द र संगीत छ भने गीतलाई पावल चामलिंग राइले संगीत संयोजन गरेका हुन ।
”काठैमा काटी दरबार” म्युजिक भिडियोमा मोनिका राइ र  टम्पाशेरको नै अभिनय गरेका छन् भिडियोमा  बिशेष गरी आफ्नो साइनोमा बिहेबारी गरिने चलनलाइ देखाउन खोजिएको छ ।
आशिक राइको निर्देशनमा बनेको भिडियोमा बिक्रम कार्कीको क्यामेरा र बिकाश धमलाको सम्पादन गरिएको छ । उदयपुर गाइघाटका टम्पाशेर राइले विभिन्न २ दर्जन गीतमा  संगीत  र १ दर्जन गीत रेकर्ड गरिसकेका छन् भने उनि पछिल्लो समय नया नया गीत रेकर्ड र भिडियो निर्माणमा ब्यस्त छन् ।
अबको केहि हप्तामै नयाँ गीतको भिडियो ल्याउन राइ शुक्रबार नै  भिडियोको छायांकनको लागि काभ्रेको धुलिखेल पुगिसकेका थिए।

प्रकाशित मिति: Jan 5, 2019

प्रतिक्रिया दिनुहोस्