Logo
८ बैशाख २०८१, शनिबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटन वर्ष-२०२० लाई सफल बनाउन निजी क्षेत्रलाई समेत आग्रह

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष-२०२० लाई सफल बनाउन निजी क्षेत्रलाई समेत आग्रह गरेको छ । आज सिंहदरबारमा मन्त्री अधिकारीको अध्यक्षतामा बसेको मूल आयोजक समितिको बैठकमा मन्त्री अधिकारीले सो कुरा बताएको हो ।

बैठकले नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम तत्काल निर्माण गरी कार्यान्वयनमा लैजान कार्यक्रम कार्यान्वयन उपसमितिलाई निर्देशन दिएको छ ।

बैठकले उक्त कार्यक्रम सञ्चालन कार्यविधि तयारी पारी मन्त्रीपरिषद्को बैठकमा पेश गर्ने निर्णयसमेत गरेको छ । नेपाल भ्रमण वर्ष-२०२०लाई सफल बनाउन प्रदेशमा पनि पर्यटन मन्त्रीको अध्यक्षतामा समिति बनाउने निर्णय समेत बैठकले गरेको छ ।

बैठकमा बोल्दै पर्यटनमन्त्री अधिकारीले प्रदेशको विशेषता र आवश्यकताअनुसार पर्यटनमन्त्रीको अध्यक्षतामा समिति निर्माण गर्न निर्देशन दिएका थिए। सोहीअनुसार प्रदेशहरूमा सबै प्रदेशमा भ्रमण वर्षको छुट्टाछुट्टै समिति निर्माण गर्ने बैठकले निर्णय गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर अघि बढनुपर्ने बैठमा मन्त्री अधिकारीले जोड दिएका थिए । प्रदेश मुख्यमन्त्रीहरुसमेत रहेको समितिले नेपाल भ्रमण वर्षलाई सफल बनाउन मातहतका सबै निकायलाई गतिका साथ काम गर्न पनि आग्रह गरेको छ ।

सातै प्रदेशमा प्रादेशिक संयोजक तोकेर जाँदा बढी प्रभावकारी रहन्छ । प्रदेशको आवश्यकता र विशेषताअनुसार पर्यटन प्रवर्द्धन कार्यक्रम बनाउ । सबै प्रदेशमा एकैखाले प्रोभिजन लागू नहुन सक्छ, बैठकमा मन्त्री अधिकारीले भने, प्रदेशले अब आफ्नै संरचना निर्माण गर्न आवश्यक छ । प्रदेशमा आ-आफ्नो मौलिकतामा पनि संरचना बनाउन सकिन्छ । आफ्नो संरचना, कानुनअनुसार निर्माण गर्नुस ।

मन्त्री अधिकारीले संघ, प्रदेश र स्थानीय सरकारबीचमा समन्वय एकदमै आवश्यक रहेको समेत बताए । सरकारले सन् २०२० भित्र २० लाख पर्यटक भित्रयाउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष-२०२० मनाउने घोषणा गरेको हो।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्