Logo
८ बैशाख २०८१, शनिबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देव गुरुङलाई देख्नासाथ रेशम चौधरीले भने: ‘हामी त सँगै थियौँ नि’ !

काठमाडौं: कैलाली–१ बाट निर्वाचित सांसद् रेशमलाल चौधरी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङबीच संसदमै जम्काभेट भयो ।

शपथपछि माला र खादा लगाएका चौधरीले गुरुङतिर फर्केर भने–‘धेरै दिनपछि भेट भयो है । हामी त धनगढी कार्यक्रममा पनि सँगै थियौं, दाइअघि आउनुभयो म पछि आएँ ।’

राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादबबाहेक संयोजक र ४ सदस्यको पनि त्यहाँ उपस्थिति थियो । चौधरीले आफूलाई झुटा अभियोग लगाइएको दावी गर्दै आफूले बैमनश्यता र द्धन्द्ध नचाहेको जीकिर गर्नुभयो । सांसद भएर पनि फेरि कारागार नै जानुपर्दा उहांले राम्रो महसूस गर्नुभएन । आफ्नो विषय संसदको गरिमासँग जोडिएको बताउनुभयो ।

चौधरीले आफू ३ वर्ष प्रवास बसेर आएको र जनताले पत्याएर जिताएकाले न्याय पाउने आशा गर्नुभयो । २०७२ भदौ ७ गते टिकापुरमा भएको घटनाका प्रमुख दोषी भएको आरोपमा उहां जेल पर्नुभएको थियो ।

उक्त घटनामा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र २ वर्षका बालक टेकेन्द्र साउदको हत्या भएको थियो । यद्यपि चौधरीले पनि आफ्नो फूलबारी एफएम र फूलबारी रिसोर्टमा क्षति भएको बताएपछि अघिल्लो सरकारले २०७४ जेठ ४ गते क्षतिपूर्तिस्वरुप चौधरीको परिवारलाई १ करोड ७४ लाख रुपैंयाँ दिएको थियो ।

राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले चौधरीले न्याय पाएको बताउनुभयो । नेपाल समाचारपत्रमा प्रकासित समाचार अनुसार संविधान संशोधनको मुद्दा बाँकी नै रहेको तर्क गर्दै उहांले सरकारमा जाने/नजानेबारे कुनै छलफल नभएको स्पष्ट पार्नुभयो ।

सांसद चौधरीकी श्रीमती र ८ वर्षिय छोरा आभुषण पनि सपथ ग्रहणमा आएका थिए । चुनावमा पनि आमा छोरा नै हिँडेको सम्झदैँ उहांकी श्रीमती रञ्जिता श्रेष्ठले भन्नुभयो– रेशमजी दोषी नै हो भने सजाय भोग्नुपर्छ होइन भने आरोपमात्र लाएर दुःख दिनहुँदैन ।’ उहांले आफ्नो कोठा चोरी भएको र छोराका कापी किताब च्यातिएको बताउँदै उक्त पीडा पनि सुनिनुपर्ने जीकिर गर्नुभयो ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्