Logo
१५ चैत्र २०८०, बिहीबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर १ स्थित झापामा भयानक दुर्घटनाः ताप्लेजुङका दुई युवकको मृत्यु

सांकेतिक तस्विर

झापा : पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको माइधारमा बिहीबार दिउसो भएको सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।मोटरसाइकल र बोलेरो जीप एकआपसमा ठोक्किएर भएको दुर्घटनामा ताप्लेजुङ फुरुम्बुका सविन लिम्बू र सञ्जीव लिम्बूको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कैलाश राईका अनुसार मृतक दुवैजना एकै घरका दाजुभाइका छोरा हुन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा१३च नम्बरको बोलेरो जीपमा पश्चिमबाट पूर्व जाँदै गरेको मे४प ३२ नम्बरको मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ।

मृतक दुवै जना मोटर साइकलमा सवार थिए। दुर्घटनाबाट गम्भीर घाइते भएका दुवै जनाको बिर्तामोडको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक भीम ढकालले जनाएका हुन्।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्