Logo
१२ बैशाख २०८१, बुधबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद चौधरीको पक्षमा उभिएर सरकारमाथि उठायो कांग्रेसले प्रश्न

काठमाडौं : कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई शपथ ग्रहण गरेपछि नेपाली राजनीति पक्ष विपक्षमा बाँडिएको छ ।

कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई सभामुख कृष्णबहादुर महराले शपथ खुवाएपछि केहीले संविधानविपरीत भनिरहेका छन् भने केहीले राजनीतिक मुद्दाको आड्मा सपथलाई सही सावित गर्ने कोसिस गरेका छन् ।

चौधरीलाई शपथ ग्रहण गराएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने चौधरी स्वतः निलम्बन हुनुपर्ने धारणा राखेको छ । प्रतिनिधिसभाको नियमावली २४४ भाग ३ अनुसार नैतिक पतन देखिने मुद्दामा थुनामा रहेका सदस्यले संसदको हैसियतमा काम गर्न नपाउँने भन्दै कांग्रेसले निलम्बन गर्न माग गरेको हो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले माइक्रो ब्लगिङ साइट ट्विटरमा चौधरी निलम्बन हुन्छन् कि हुन्नन् भन्दै प्रश्नसमेत गरेका छन् ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्