Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वी नाकाबाट नेपाल आउने पर्यटक घटे, तर बाहिरीने भने बढ्दै

भद्रपुर : नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने पर्यटक घटेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ को तुलनामा सन् २०१८ मा काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटक ३२२ ले घटेका हुन् तर बाहिर भने बढेका छन् ।

सोही नाकाबाट बाहिरीने पर्यटक भने १३९ ले बढेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ मा पैदलमार्ग हुँदै नेपाल आउने कूल पर्यटक ११ हजार ४९७ थिए भने सन् २०१८ मा ११ हजार १७५ छन् ।

तेस्रो मुलुक बाहिरिने कूल पर्यटक सङ्ख्या सन् २०१७ मा १० हजार ३६६ थियो भने सन् २०१८ मा १० हजार ५०५ छ । सन् २०१७ मा सात हजार ५२८ विदेशी र तीन हजार ९६९ नेपाली नेपाल आएका कार्यालयको तथ्याङ्कले देखाएको छ ।

कार्यालयका अनुसार सन् २०१८ मा छ हजार ४१८ विदेशी र चार हजार ६५७ नेपाली भित्रिएका छन् । सन् २०१७ मा छ हजार ७४८ विदेशी र तीन हजार ६१८ नेपाली पर्यटक नाका हुँदै बाहिरिएका कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, सन् २०१८ मा छ हजार ४४५ विदेशी र चार हजार ६० नेपाली काँकरभिट्टा नाका हुँदै तेस्रो मुलुक गएको कार्यालयले जनाएको छ । सन् २०१७ मा सो नाका हुँदै सबैभन्दा बढी बङ्गलादेशबाट दुई हजार २५, भूटानबाट एक हजार ६१६, अमेरिकाबाट ८२२, दक्षिण कोरियाबाट ४२० र फ्रान्सबाट २१२ पर्यटक भित्रिएको कार्यालय प्रमुख पवनकुमार गुप्ताले जानकारी दिए ।

त्यस्तै, सन् २०१८ मा सबैभन्दा बढी बङ्गलादेशबाट एक हजार ९३२, अमेरिकाबाट ८५६, भूटानबाट ७६९, कोरियाबाट ३६० र थाइल्याण्डबाट ३०८ पर्यटक नेपाल आएका थिए । उनले अघिल्लो वर्षभन्दा गत वर्ष नेपाल घुम्न आउने बङ्गलादेशी नागरिकको सङ्ख्यामा ९३ ले कमी आएको र भूटानी नागरिक पनि यस वर्ष ८४७ ले घटेको बताए ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्