Logo
१३ बैशाख २०८१, बिहीबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२५ वर्षपछि एउटै पर्दामा माधुरी दिक्षित र संजय दत्त, बायोपिकले पनि बलिउड बक्स अफिस ढक्ढकाउने

सन् २०१९ मा बक्स अफिसमा ऐतिहासिक फिल्मले भरपुर हुन्छ । थुप्रै बायोपिकले पनि बक्स अफिस ढक्ढकाउनेछन् । अर्थात्, नयाँ वर्ष बलिउडका लागि निकै धमाकेदार हुनेछ । यसवर्ष बलिउडमा ठूला बजेटका फिल्म रिलिज हुँदैछ ।

११ जनवरी २०१९ मा दुई फिल्म रिलिज हुनेछन्ः

उरी– द सर्जिकल स्ट्राइकः यो फिल्ममा तपाईंले विक्की कौशल, परेश रावल र यामी गौतम देखिनेछन् । यो फिल्म सन् २०१६ को भारतीय सैनिकद्वार पाकिस्तानवरुद्ध गरिएको कथित सर्जिकल स्ट्राइकमा आधारित छ ।

 

सन् २०१९ जनवरी २५ मा रिलिज हुनेछ दुई बायोपिक फिल्मः

अर्को फिल्म छ, ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ यो फिल्ममा तपाईंले अनुपम खेरले पूर्व भारतीय प्रधानमन्त्री मनमोहन सिंहको भूमिका निभाएको देख्न सकिन्छ । यो फिल्म संजय बारुको किताबमा आधारित छ । बारु तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहका मिडिया सल्लाहकार थिए । संजय बारुको भूमिका निभाइरहेका छन् अक्षय खन्ना ।

ठाकरेः

यो फिल्म दुई भाषामा रिलिज हुनेछ – मराठी र हिन्दी । यो फिल्म शिव सेना पार्टीका संस्थापक ‘बाल ठाकरे’ को जीवनमा आधारित छ । बाल ठाकरेको भूमिका निभाउनेछन् नवाजुद्दीन सिद्दीकी र उनकी श्रीमतीको भूमिकामा देखिनेछिन् अमृता राओ । फिल्म बाल ठाकरेको ९३ औं जन्मदिनमा रिलिज हुने बताइएको छ ।

यो वर्ष दुई फिल्म लिएर आउँदैछिन् कंगना रनौत । पहिलो – मणिकर्णिका– द क्विन अफ झाँसी । यो एक ऐतिहासिक बायोपिक फिल्म हो, झाँसीकी रानी लक्ष्मी बाईको जीवनमा आधरित । यो फिल्ममा झाँसीकी रानीको भूमिकामा कंगना रनौत देखिनेछिन् र उनीसँगै यो फिल्ममा अंकिता लोखन्डे पनि छिन् ।

कंगना रनौतको दोस्रो फिल्म राजकुमार रावसँग ‘मेन्टल हे क्या’ मार्च २९ तारिखमा रिलिज हुनेछ । यो फिल्ममा एक ब्ल्याक एडल्ड कमेडी देख्न पाइन्छ । फेब्रुअरीको महिनामा निकै लामो समयपछि ठूलो पर्दामा देखिनेछिन् जुही चावला । फेब्रुअरी १ मा चर्चित विषय एलजीबीटीमा आधारित ‘एक लडकीको देखा तो एसा लगा’ रिलिज हुनेछ जसमा जुही मुख्य भूमिकामा छिन् भने उनीसँगै सोनम कपुर र उनका पिता अनिल कपुर पनि देखिनेछन् ।

रणवीर सिंहले आलिया भट्टसँग गत वर्ष आफ्नो फिल्म ‘गल्ली बोइ’ को सुटिङ समाप्त गरे जुन यो वर्षको भ्यालेन्टाइन्स डे अर्थात् फेब्रअरी १४ मा रिलिज हुनेछ । प्रेमको महिना मानिने फेब्रुअरीपछि मार्च १ तारिखमा एक रोमान्टिक कहानी ‘लुका छुपी’ लिएर आउनेछन् कार्तिक आर्यन र कृति सनोन ।

यससँगै आफ्ना प्रशंसकलाई लामो समय प्रतिक्षा गराएका अक्षय कुमारले ‘केसरी’ लिएर आउँदैछन् । फिल्मको कहानी हवलदार ईशर सिंहको जसले सन् १८९७ मा सारगढीको युद्ध लडिरहेका थिए । जहाँ २१ सिखले १० हजार अफगानीसँग भिडेका थिए । यो फिल्म सन् २०१९ मार्च २१ तारिखमा रिलिज हुँदैछ र यसमा अक्षयसँगै परिणीती चोपडा पनि देखिनेछिन् ।

यसका साथै, यसवर्ष जुन फिल्मको सबैभन्दा धेरै चर्चा छ, त्यो हो ‘कलंक’ । यो फिल्ममार्फत माधुरी दिक्षित र संजय दत्त वर्षौंपछि एक साथ ठूलो पर्दामा देखिनेछन् । माधुरी र संजयबाहेक ‘कलंक’ मा आलिया भट्ट, सोनाक्षी सिन्हा, वरुण धवन र आदित्य रोय कपुर मुख्य भूमिकामा छन् । फिल्म एक पिरियड ड्रामा हो । यो फिल्म अप्रिल १९ मा रिलिज हुनेछ ।

सलमान खान २०१९ मा ईदको मौका पारेर आफ्नो फिल्म रिलिज गर्दैछन् । कट्रिना कैफ र सलमान खान स्टारर ‘भारत’ जून ५ मा रिलिज हुनेछ । अक्षय कुमार र रितेश देशमुख अर्को वर्ष ‘हाउसफूल’ सिरिजको सिक्वल लिएर आइरहेका छन् । ‘हाउसफूल ४’ मा अक्षय कुमार, रितेश देशमुख, बबी देओल, कृति सेनन, पूजा हेगडे र कीर्ति खरबन्दा देखिनेछन् ।

सन् २०१८ मा जान्ह्वी कपुर र सारा अली खानले डेब्यू गरेपछि सन् २०१९ मा डेब्यू गर्नेछिन् चंकी पाण्डेकी छोरी अनन्या पाण्डे । उनले टाइगर श्रोफसँग ‘स्टूडेन्ट अफ द इयर टु’ बाट डेब्यू गर्दैछिन् । यो फिल्ममा अनन्या पाण्डेसँग तारा सुतारिया पनि हुनेछिन् ।

सन् १९९१ मा रिलिज भएको संजय दत्त र पूजा भट्ट स्टारर फिल्म ‘सडक’ को सिक्वल बन्दैछ । रोचक कुरा के छ भने सडक–टु मा महेश भट्टकी छोरी आलिया भट्ट मुख्य भूमिकामा छिन् । बुवाको निर्देशनमा आलियाले पहिलो पटक काम गर्दैछिन् । फिल्ममा आलियाबाहेक पूजा भट्ट, आदित्य रोय कपुर र संजय दत्त पनि देखिनेछन् ।

फिल्म ‘ब्रह्मास्त्र’ वर्षको अन्तिम ठूलो फिल्म हुनेछ । यस फिल्ममार्फत नै रणबीर र आलियाले डेट गर्न सुरु गरेका थिए । यो फिल्म डिसेम्बर २० मा रिलिज हुनेछ । यो एक सुपरहिरो फिल्म हो जसमा रणबीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन, डिम्पल कपाडिया र नागार्जुन मुख्य भूमिकामा देखिनेछन् ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्