Logo
१३ बैशाख २०८१, बिहीबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बच्चाहरुले पूजा गरिरहेको तस्बिरमा ट्रोल भएपछि फराह खानले दिइन् यस्तो कडा जवाफ

बलिउडकी चर्चित फिल्मनिर्माता एवं कोरियोग्राफर फराह खानको तस्बिरबारे सोसल मिडियामा बबाल मच्चिएको छ । फराहले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना बच्चाहरुको पूजा गरिरहेको थस्बिर पोष्ट गरेर शुभकामना दिइन् ।

यो हेरेर केही मानिसहरुको भावनामा ठेस लाग्यो ।फराहले इन्स्टाग्राममा तस्बिर पोष्ट गर्दै लेखिन्, ‘प्रार्थनाको शक्तिलाई कहिले पनि कम नसोच्नुहोस् । ह्याप्पी न्यू इयर ।’

तस्बिरमा फराह खानका तीन बच्चाले पूजा गरिरहेको देखिएका छन् । यो तस्बिर हेरेर उनलाई थुप्रैले विभिन्न सल्लाह दिए ।

कसैले उनलाई खान थर हटाउन भने त कतिले उनलाई आफ्नो धर्मबाट भट्किएको आरोप पनि लगाए ।

स्मरण रहोस्, फराह खान हरेक धर्मको उत्सव निकै धुमधामका साथ मनाउँछिन् । यतिमात्र होइन, शाहरुख खान, सलमान खानजस्ता ठूला स्टार पनि ईदसहित होली, दिवाली र क्रिसमसलगायतका पर्व धुमधामका साथ मनाउँछन् ।

तर जब फराहले तस्बिर पोष्ट गरिन् तब मानिसहरुले सहन सकिनन् र उनलाई ट्रोल गर्न थालियो । ट्रोलिङबारे एक समाचार च्यानलसँगको कुराकानीमा फराहले आलोचकलाई निकै कडा जवाफ दिइन् ।

उनले भनिन्, ‘यो प्रश्न सोध्नेहरुको समस्या हो । यो सन् २०१९ को कुरा हो, यस्ता कुराबारे कुरा गर्ने समय अब छैन ।’ आफ्नो बच्चाको कस्तो तस्बिर पोष्ट गर्ने यो उनको निर्णय भएको उनले बताएकी छिन् ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्