Logo
६ बैशाख २०८१, बिहीबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालगञ्जमा सन्दीपले दर्शक हसाए भने राजेशले नचाए

काठमाडौं : पुष महिनाको चिसो मौसममा चर्चित गायक राजेश पायल राईले नेपालगञ्ज तताएका छन् । कार्यक्रममा उनले आफ्ना नयाँ तथा पुराना गीत संगीत मार्फत नेपालगञ्ज तताएका हुन् ।

नेपालगञ्जमा २०१९ लाई स्वाग गर्दै आयोजना गरिएको नेपालगञ्ज म्युजिक फेस्टिभलमा २०१९मा उनले आफ्ना प्रस्तुतिबाट दर्श नचाउन सफल भए । कार्यक्रममा राजेशले सागरसरी चोखोमाया, दर्शन नमस्ते लगायतका गीत गाउदा दर्शक उनीसँगै नाचेका थिए । दर्शकको वान्स मोरमा राजेशले उक्त गीत ४ पटकसम्म गाएका थिए ।

कार्यक्रममा राजेशको अलवा कमल खत्री, नेपाल आइडल १का सुजाता पाण्डे र सुरज थापाले पनि प्रस्तुति राखे । कार्यक्रममा दर्शक हसाउने काम भने काकलाकार सन्दीप क्षेत्रीले गरे । राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकारले पनि फेस्टिभलमा आफ्नो प्रस्तुति राखेका थिए ।

आवाज डी ब्याण्ड, छमछमी सिजन ३ का सेकेन्ड रनरअप शेखर घर्तीमगर, श्रृष्टि शाही, सुस्मिता शाही लगायतले नृत्य प्रस्तुत गरेका थिए । बलामी फिल्म इन्टरटेन्टमेन्टले आयोजना गरेको कार्यक्रम दर्शकको ध्यानमा राखेर तयार गरिएको बलामी फिल्मस्का प्रमुख समिर बलामीले बताए ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्