Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा वस्तुगत प्रश्न : श्रीलङ्काका राष्ट्रपति मैत्रीपालादेखि जैविक उर्जा रणनीतिसम्म

लोकसेवा टिप्स : ३० प्रश्नोत्तर

१. श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त महिन्दा राजापाक्षेले पदबाट राजिनामा कहिले दिनुभएको हो ?
सन् २०१८ डिसेम्बर १५
– राजापाक्षेलाई सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त गरिएको र संसद् विघटन गरिएको विषयलाई सर्वोच्च अदालतले अवैध भएको फैसला गरेपछि उहाँले राजिनामा दिनुभएको ।
– सर्वोच्च अदालतका सात जना न्यायाधीशको संयुक्त इजलासले सर्वसम्मत रूपमा संसद् विघटन गर्ने राष्ट्रपतिको निर्णय गलत भएको ठहर गरेको । राष्ट्रपति सिरिसेनाले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई अपदस्थ गर्दै पूर्व राष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलङ्कामा राजनीतिक सङ्कट शुरू भएको थियो ।
२. बढ्दो सवारी जामलाई न्युनीकरण गर्ने उद्देश्यका साथ काठमाडौँ महानगरपालिकाले टुँडिखेल आसपासका क्षेत्रमा ‘पिक एन्ड ड्रप’ (सार्वजनिक सवारी साधनले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने) अभियान कहिलेबाट थालनी गरेको हो ?
 वि.सं. २०७५ पुस १
(सवारी साधनले यात्रु कुर्ने क्रममा लामो जाम पर्न गई धेरैको उत्पादनशील समय वर्वाद भएको साथै इन्धन जलेर वातावरणमा असर पर्ने लगायतका समस्या कम गर्नकालागि सो अभियानको थालनी गरिएको हो ।)
३. एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करणको उपाधि कसले जित्यो ?
 ललितपुर पेट्रियोट्स
(भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधि हात पारेको । भैरहवा लगातार दोस्रोपटक फाइनलमा निराश बन्न पुगेको ।)
४. अन्तर्राष्ट्रिय उडानक्रममा हुने जोखिमवापत विदेशी र नेपाली यात्रुले पाउने बीमा लगायतका सुविधा समान हुने गरी मन्ट्रियल महासन्धि कहिलेदेखि लागू भएको हो ?
 वि.सं. २०७५ मङ्सिर २९ (सन् २०१८ डिसेम्बर १५)
– नागरिक उड्डयन सम्बन्धी महत्त्वपूर्ण सो सन्धि मङ्सिर २९ देखि नेपाली वायु सेवा कम्पनी र यात्रुमा पनि लागू भएको । गत भदौ ७ गते नेपालको संसद्बाट ‘अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि’ पारित भएको र सो महासन्धि नेपालले आइकाओमा बुझाएको ६० दिन भएपछि लागू भएको ।
– यसअघि नेपालले वार्सा महासन्धि र हेग प्रोटोकल अनुसार हवाई बीमा दावी गर्नुपर्दा प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने गरेकोमा मन्ट्रियल महासन्धि लागू भएपश्चात् सो बीमा वापत एक लाख ६० हजार अर्थात करिव पौने दुई करोड रुपियाँ पाउने ।
– सन् १९९९ मे २८ मा अन्तर्राष्ट्रिय हवाइयात्रुको सुरक्षा सम्वन्धमा क्यानडाको मन्ट्रियलमा पारित नागरिक उड्डयन सम्वन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई मन्ट्रियल महासन्धिका रूपमा चिनिन्छ । सो महासन्धि सन् २००३ देखि कार्यान्वयनमा आएको हो ।
– संसारभरिका अन्तर्राष्ट्रिय उडानका वायुसेवा र हवाई यात्रुका लागि एउटै नियम र शर्त लागू गराउनु यस महासन्धिको उद्देश्य रहेको छ ।
५. सयाैं व्यक्तिको ज्यान जाने गरी इन्डोनेसियामा भीषण सुनामी पछिल्लोपटक कहिले आएको हो ?
 सन् २०१८ डिसेम्वर २२
(डिसेम्बर २२ को राती अचानक आएको सो सुनामीका कारण सयौँको ज्यान जानुका साथै सयौँ घर क्षतिग्रस्त भए ।)
६. टाइम्स पर्सन अफ दी इयर–२०१८ घोषित हुने व्यक्ति को हुन् ?
 जमाल खसोगी (साउदी पत्रकार)
७. नेपाल टेलिभिजनद्वारा साप्ताहिक रूपमा संस्कृत भाषामा समाचार प्रसारण गर्न कहिलेदेखि थालिएको हो ?
 वि.सं. २०७५ असोज ६
८. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसद्वारा ‘एक्सन फर पिस किपिङ’ को थालनी कहिलेदेखि भएको हो ?
 सन् २०१८ मार्च २८
९. हाल गोरखापत्रमा कति भाषामा सामग्री प्रकाशित हुने गरेको छ ?
 ३८
१०. कतारको दोहा बैङ्क लिमिटेडले नेपालमा प्रतिनिधि कार्यालय कहिलेदेखि सञ्चालनमा ल्याएको हो ?
 वि.सं. २०७५ पुस ४ गते ।
(हाल उक्त बैङ्कको प्रतिनिधि कार्यालय थापाथलीस्थित ट्रेड टावरमा रहेको छ ।)
११. मुलुकी अपराध संहिता लागू भएपश्चात बलात्कारपछि हत्याको घटनामा आजीवन कैद सजाय पहिलोपल्ट कहिले निर्धारण गरियो ?
 वि.सं. २०७५ पुस ४ गते ।
(जिल्ला अदालत कास्कीले बलात्कारपछि हत्या गरिएकी पोखरा पुम्दीभुम्दीकी १० वर्षिया श्रेया सुनारको हत्याआरोपी कुशुम पौडेललाई आजीवन कैद सजाय हुने आदेश गरेको । न्यायाधीश योगेन्द्रप्रसाद शाहको एकल इजलासले पौडेललाई आजीवन कैद हुने सजाय सुनाएको हो । जिल्ला अदालत कास्कीले हत्याको घटनामा २०७५ मङ्सिर १७ गते नै कसुर निर्धारण गरेको भए तापनि सजाय निर्धारण पुस ४ मा गरेको ।)
१२. ‘तपतप चुहिने पानीका थोपाले पनि आखिरमा ढुङ्गालाई खियाउँछन् ।’ भन्ने विचारक को हुन् ?
 लुकेटियस
१३. उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले २०७५ पुस ५ मा सार्वजनिक गरेको मस्यौदा प्रतिवेदनमा विश्वविद्यालयका कुलपति सम्बन्धमा के व्यवस्था रहेको छ ?
 प्रधानमन्त्री कुलपति रहने व्यवस्था खारेज गरी अध्यक्षको व्यवस्था गर्ने ।
१४. सन् २०१८ डिसेम्वरमा थाइल्यान्डमा सम्पन्न १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसीपको उपाधि कसले जिते ?
 नेपालका महेश्वर महर्जन
(१२ खेलाडी सहभागी सो स्पर्धामा भारत दोस्रो र सिङ्गापुर तेस्रो भए ।)
१५. ‘तिमी जे गर्दैछौ, त्यसलाई माया गर्नु नै महान कार्य गर्ने एक मात्र बाटो हो ।’ भन्ने भनाइ कसको हो ?
 स्टिभ जब्स, संस्थापक, एप्पल कम्पनी
१६. परराष्ट्र मन्त्रालयद्वारा प्रकाशित सन् २०१७÷१८ को प्रतिवेदन अनुसार हाल विश्वका कति राष्ट्रमा नेपाली दूतावास रहेका छन् ?
 ३०
(प्रतिवेदन अनुसार ३ संयुक्त राष्ट्रसङ्घीय स्थायी नियोग, ६ महावाणिज्य दूतावास तथा ७१ वटा अवैतनिक महावाणिज्य दूतावास सञ्चालनमा रहेका । सो प्रतिवेदन अनुसार सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भारतबाट र दोस्रोमा चिनबाट भएको । )
१७. ‘निर्वाचन परिणामबाट आत्तिने मान्छेले राजनीति गर्न सक्दैन किनकि राजनीति भनेकै हार र जितको खेल हो ।’ भन्ने भनाइ कसको हो ?
 अब्राहम लिङ्कन, अमेरिकी पूर्वराष्ट्रपति
१८. हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये ‘उन्नत समूह (एडभान्स ग्रुप) मा पर्ने जनजाति कुन हो ?
 थकाली

१९. थकाली जातिहरूको बाहुल्यता होटल व्यवसायमा रहेको छ भने शेर्पा जातिको बाहुल्यता केमा रहेको छ ?
 पर्यटन
२०. सन् २०१८ डिसेम्बरमा सम्पन्न काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवल (किम्फ) मा प्रथम स्थान हासिल गर्न सफल चलचित्र कुन हो ?
 अ थाउजन्ड गल्र्स लाइक मी
(अन्तर्राष्ट्रिय प्रतिस्र्धातर्फ पहिलो हुँदै सो फिल्मले १५ सय डलर पुरस्कार प्राप्त गरेको ।)

२१. लोकप्रिय सिङ्गिङ रियलीटी सो नेपाल आइडल २ को उपाधि जित्ने प्रतिभा को हुन् ?
 रवि ओड
(प्रतियोगितामा विव्रmम बराल फस्ट रनरअप, सुमित पाठक सेकेन्ड रनरअप तथा अस्मिता अधिकारी थर्ड रनरअप भएका ।)
२२. वि.सं. २०७५ मङ्सिरमा प्रदान गरिएको प्रेस काउन्सिल राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पत्रकार को हुन् ?
 कृष्ण ज्वाला देवकोटा (नयाँ पत्रिका दैनिकका सम्पादक) र अरुण बराल (अनलाइन खबर डटकमका सम्पादक)
(पुरस्कार राशि जनही दुई लाख ५० हजार रुपियाँ रहेको ।)
२३. नेपालको पहिलो कमलरीमुक्त घोषित जिल्ला कुन हो ?
 दाङ
२४. सरकारले दुई सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय कहिले गरेको हो ?
 वि.सं. २०७५ मङ्सिर २४ गते ।
(मङ्सिर २४ गते मन्त्रिपरिषद् बैठकले भारतद्वारा हालै प्रचलनमा ल्याइएको दुई सय रुपियाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको । नेपालमा यसअघि नै पाँच सय र दुई हजारको दरका भारतीय रुपियाँहरू प्रचलनमा नरहेका ।)
२५. नेपालमा सबैभन्दा बढी पर्यटक आउने प्रमुख पाँच राष्ट्र कुन–कुन हुन् ?
 क्रमशः भारत, चीन, अमेरिका, वेलायत र जर्मनी ।
(नेपाल भ्रमण आउने विदेशी पर्यटकको संख्या पहिलो पटक १० लाख नाघेको । सन् २०१८ को ११ महिना (जनवरी–नोभेम्वर) मा १० लाख एक हजार नौ सय ३० जना पर्यटक विभिन्न देशबाट भ्रमण गर्न नेपाल भित्रिएका । सरकारले सन् २०११ मा पर्यटक वर्ष मनाउँदा वार्षिक १० लाख पर्यटक भिœयाउने लक्ष्य लिएकोमा करिब सात वर्षपश्चात् उक्त लक्ष्य पूरा भएको । सरकारद्वारा सन् २०२० मा वार्षिक २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष घोषणा गरिएको ।)
२६. ‘वैज्ञानिक र वस्तुनिष्ठ अभियोजन, अपराध संहिताको प्रभावकारी कार्यान्वयन’ भन्ने मूल नाराका साथ सरकारी वकिलहरूको दोस्रो राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
 वि.सं. २०७५ पुस ८–१०, काठमाडौँ ।
२७. नेपाली साहित्यको इतिहासमै पहिलोपटक १३ जना कविद्वारा लेखिएको महाकाव्य कुन हो ?
 आरोहण
(प्रा. गोपीकृष्ण शर्मा, प्रा. राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुर शर्मा भण्डारी, श्रीहरि फुयाल, प्रकाश चापागाईं, डा. जीवन अधिकारी, नारायणप्रसाद पोखरेल, डा. रामप्रसाद ज्ञवाली, डा. लेखप्रसाद निरौला, डा. देवी नेपाल, रमेश शुभेच्छु र नारायण निराशीद्वारा लिखित उक्त महाकाव्य २०७४ मङ्सिर १५ मा विमोचन भएको ।)
२८. नेपालमा पहिलोपल्ट राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण कहिले गरियो ?
 सन् १९९६
(नेपालमा सन् २०१६ मा पाँचौँ राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण सम्पन्न भएको ।)
२९. समयको संक्षिप्त इतिहास नामक कृतिका लेखक को हुन् ?
 स्टेफन हकिङ
३०. जनसङ्ख्या तथा वातावरण मन्त्रालयको संयोजकत्वमा तयार पारिएको जैविक उर्जा रणनीति, २०७३ ले नेपाललाई कहिलेसम्ममा धुवाँमुक्त बनाउने लक्ष्य लिएको छ ?
 सन् २०२२
(गोरखापत्रबाट साभार ।)

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्