Logo
१५ चैत्र २०८०, बिहीबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन गल्ती महंगो : भारतको गल्तीले चीन नेपाल पस्यो

ब्रम्ह चेलानी

भारतका तीन गल्ती भारतकै लागि महंगो परेका छन् नेपालमा । नेपालको संवैधानिक राजतन्त्रलाई हटाउनका लागि भारतले दिएको अनुमोदन र जंगलमा रहेका माओवादीहरूलाई नेपालको मुल राजनीतिक प्रवाहमा ल्याउनका लागि भारतले गरेको योगदान समेत नेपालमा जारी गरिएको नयाँ संविधानप्रति असन्तुष्ट रहेका मधेशी दलहरूलाई संविधानमा कुनै संशोधन विना निर्वाचनमा भाग लिन दवाव दिनुले भारत नेपालमा ठूलो क्षति व्यहोर्न बाध्य भएको छ । भारतका यी तीन रणनीतिक गल्तीहरू नेपालमा चीनको प्रवेशका लागि सहज कारण बनेका छन् ।

केही समय अगाडि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको बेइजिङमा तिब्बतको सिगात्सेसम्म रेलमार्ग जोड्ने कुरामा औपचारिक सहमति गरेका थिए, यसबाट नेपालको भारत निर्भरतालाई कम गर्ने छ ्रत्यसमा कुनै शंका छैन । यद्यपी भारतका लागि नेपाल केबल अरु जस्तो छिमेकी होइन् । जस्को निकटता केबल सीमाका कारण मात्र भएको होस् । भारत नेपालको त्यस्तो छिमेकी हो जो सांस्कृतिक जातीय, भाषागत परम्परागत धार्मिक र पासपोर्ट नलाग्ने खुला सिमानाको आधारमा स्रम्ब््न्ध तय भएको देश हो । नेपालबाट भारत प्रवेशका लागि पासपोर्ट लाग्दैन । त्यसैले यो खुला सिमाना दुवै देशको सम्बन्धको नयाँ आधार पनि हो ।

यस अर्थमा चीन नेपाल रेलमार्ग एउटा ठूलै खेल बदल्ने माध्यम हुनसक्छ भन्ने चिनिया मुखपत्रको दावी गलत होइन् । नेपाल र चीन बीचको यो सम्बन्धले भारतको रणनीतिक र सुरक्षा चासोहरूमा प्रभाव पार्न सक्छ किनकी नेपाल विश्वको छैटौं त्यस्तो देशमा गनिएको छ जहाँ दुई तिहाइको सत्तासहित कम्युनिष्टहरू सत्तामा पुगेका छन् । दुई कम्युनिष्ट समूहले यो वर्षको फेब्रअरी महिनामा एक पार्टी बनाएर आफूलाई रुपान्तरित गरेका छन । दुई पार्टीलाई एकीकरण गरेर नयाँ नेपाल कम्युनिष्ट पार्टी बनाइएको छ । जसको संसदमा लगभग दुई तिहाइ बहुमत रहेको छ भने देशका सात प्रान्तमध्ये ६ प्रान्तमा उनीहरूकै प्रान्तीय सरकार रहेको छ ।

उनीहरूले यो मत त्यस्तो बेलामा पाएका छन् जुन बेलामा नेपालको लोकतन्त्रले आफूलाई बलियो बनाउनु पर्ने अवस्था रहेको छ । अर्को अर्थमा भन्ने हो भने लोकतान्त्रिक रुपान्तरणको यो जटिल समयमा कम्युनिष्टहरू दुई तिहाइ बहुमतसहित सत्तामा पुगेका छन् । उनीहरूले राष्ट्रपति, उपराष्ट्रपति सबै महत्वपूर्ण अंगहरूमा जिम्मेवारी प्राप्त गरेका छन् भने प्रहरीको महत्वपूर्ण जिम्मेवारीदेखि लिएर सबै ठाउँमा कम्युनिष्टको झन्डा बोकेका मानिसहरूले जिम्मेवारी प्राप्त गरिरहेका छन् । त्यसो त ओली सरकारको सुरुवातकै समयदेखि सवैधानिक व्याख्यालाई प्रभावित गर्ने कामहरू न्यायलयदेखि निर्वाचन आयोगसम्म भइरहेका छन् । कम्युनिष्ट शासन अन्तर्गत लोकतन्त्र बाच्न सक्ला कि नसक्ला ? यो अहिले पनि अनिश्चित बनिरहेको छ । अरु जेसुकै होस् भारतका लागि सुरक्षा चासो अहिले सबैभन्दा चुनौतिपूर्ण भएको छ ।

नेपालले चीनका लागि आफ्ना सीमानाहरू खुला गर्न थालेको छ । तिब्बतसँग जोडिएका सबै भूभागमा त्यो खुला रुपमै देखिएको छ । तर भारतले नेपाललाई उसँगको खुला सिमानाको मर्मलाई ध्यान दिन आग्रह गरिरहेको छ । भारतले नेपाललाई दोहो¥याई तेह्रराई नेपालको दक्षिणी भूभाग इस्लामिक कट्टरपन्थी (जेहादी) र विदेशी गुप्तचरहरूको अखडा बनिरहेको बारेमा सचेत गराइरहेको छ । भारतले जेहादी र विदेशी गुप्तचरका कारण भारतको सुरक्षा चुनौति बढेको पनि नेपाललाई बताइरहेको छ । नेपाल आजको दिनमा नक्कली भारु, लागू औषध र भारतमा पठाइने चिनियाँ हतियार जम्मा हुने थलो बनेको छ ।

सामान्य रुपमा कुरा राख्ने हो भने आजको दिनको सत्य के हो भने भारतका लागि नेपालले धेरै अप्ठ्यारा चुनौतिहरू खडा गरेको छ । तर यो अप्ठ्यारो अरुले होइन भारतले आफै खडा गरेको हो । भारतले इतिहासमा आफै ठूलो गल्ती गरेको छ । भारतले त्यस्तो ३ वटा ठूला गल्ती गरेको छ जुन आज भारतका लागि धेरै महंगो परेका छन् । नेपालको संवैधानिक राजतन्त्रलाई हटाउनका लागि अनुमति दिनु भारतको पहिलो गल्ती थियो, त्यस्तै माओवादीहरूलाई जंगलबाट राजनीतिको केन्द्रमा ल्याउनु भारतको अर्को गल्ती थियो । पछिल्ला दिनमा नयाँ संविधान जारी भएपछि त्यो संविधानविरुद्ध संघर्ष गरिरहेका मधेशी दलहरूलाई निर्वाचनमा भाग लिन दवाव दिनु भारतको अर्को ठूलो गल्ती थियो ।

(हिन्दूस्तान टाइम्सबाट साभार )

(लेखक चेल्हानी रणनीतिक अध्ययन मामिलाका प्रोफेसर हुन्, उनी अन्तर्राष्ट्रिय सुरक्षा तथा हतियार नियन्त्रण मामिलाका विज्ञ हुन् । हार्वडमा समेत रहेका उनी जोहन हप्किन विश्वविद्यालय अष्ट्रेलियामा समेत आवद्ध छन् । इन्टरनेशनल हेराल्ड ट्रिव्यून, वालस्ट्रेट जर्नल, जापान टाइम्स, मिन्ट, द इकोनोमिक्स र टाइम्स अफ इन्डियामा उनका लेखहरू प्रकाशित हुन्छन् ।)

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्