Logo
७ बैशाख २०८१, शुक्रबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुधबार पनि शेयर बजारमा गिरावट

काठमाडौँ : लगातार घट्दै आएको धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । घट्दै आएको शेयर बजार आज पनि पाँच दशमलव ४२ बिन्दुले घटेर एक हजार १८० दशमलव ४३ बिन्दुमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलव २८ बिन्दुले घटेर २५० दशमलव ५३ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १५४ कम्पनीको सात लाख ५१ हजार ४११ कित्ता शेयर रु २५ करोड ७६ लाख सात हजार १६६ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर बढेको छ । त्यसमा व्यापार दुई दशमलव ७९ र लघुवित्त ६ दशमलव ५९ बिन्दुले बढेका छन् ।

बैंकिङ ४ दशमलव ४४, होटल पाँच दशमलव ७९, विकास बैंक तीन दशमलव शून्य एक, जलविद्युत् १२ दशमलव ६२, वित्त शून्य दशमलव ८६, निर्जीवन बीमा ८ दशमलव ४३, उत्पादन नौ दशमलव २१, अन्य पाँच दशमलव ६८, जीवन बीमा ६८ दशमलव ३९ बिन्दुले घटेका छन् ।

घटेको बजारमा कालिका लघुबित्त वित्तीय संस्था, यूनाइटेड इन्स्योरेन्स कम्पनी, साल्ट टे«डिङ लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । अरुण काबेली पावर लिमिटेड, हाथवे फाइनान्स कम्पनी, गुराँस फाइनान्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स कम्पनीका शेयरधनीले बढी गुमाएका छन् ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्