Logo
१२ बैशाख २०८१, बुधबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२० वर्षे अवधिका योजना बनाउन राष्ट्रियसभा अध्यक्षको जोड

पर्वत : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्रीवर्षीय, पञ्चवर्षीय योजना नभएर कम्तिमा पनि २० वर्षे अवधिका योजना योजना बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशले आयोजना गरेको प्रथम पञ्चवर्षीय योजना तुर्जुमाका लागि पर्वतको कुश्मामा आयोजना गरेको जिल्लागत सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले आ-आफ्नो स्रोतले भ्याउने खालका योजनाहरू छनोट गर्नुपर्ने बताएका हुन् ।

उनले अब पहिलेको अवस्था जस्तो छोटो अवधि नभएर कम्तिमा पनि २० वर्षे अवधिका योजना बनाउन सुझाव दिए । लामो समयको राजनीतिक लडाइँपछि मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अब दीर्घकालीन योजना निर्माण गरेर अघि बढेमा मात्र विकासले गति लिने तर्क गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशले निर्धारण गरेका दीगो विकासका लक्ष्यहरूसँग तादम्यता हुने गरी प्रदेशका कार्यक्रम तर्जुमा गर्न आवश्क रहेको बताए ।

सुझाव संकलन कार्यक्रमले महत्वपूर्ण फाईदा दिने हुँदा योजना आयोगले तयार पारेको पञ्चवर्षीय योजनालाई मसिनो गरी अध्ययन गरेर रचनात्मक सुझाव दिन पनि उनले जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्