Logo
७ बैशाख २०८१, शुक्रबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२९ औँ प्रधानन्यायाधीशको रुपमा शपथपछि चोलेन्द्र शम्शेरको सर्वोच्चमा भव्य स्वागत (फोटो फिचर)

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत आएर कापभार ग्रहण गरेका हुन् ।

उनलाई सर्वोच्च अदालतमा न्यायाधीश, वकिल तथा कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । जबरालाई मंगलबार संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशका लागि स्वीकृत गरेको थियो । उनीमाथि परेका उजुरीको सुनुवाई गर्दै समितिले उनको नाम स्वीकृत गरेपछि जबरालाई राष्ट्रपतिले बुधबार बिहान शपथ गराएकी हुन् ।

जबरा नेपालको २९ औँ प्रधानन्यायाधीश बनेका हुन् । यसअघि ओमप्रकाश मिश्र प्रधानन्यायाधीश थिए । केही महिनाअघि संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित भएका दीपकराज जोशीको नाम अस्वीकृत गरेको थियो । अहिले प्रधानन्यायाधीश बनेका जबरा अब झण्डै चार वर्ष पदमा रहने छन् ।

२९ औँ प्रधानन्यायाधीशको शपथ

चोलेन्द्र शम्शेर जबराले प्रधानन्यायाधीशको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई प्रधानन्यायाधीशको पद तथा गोपनियताको शपथ गराएकी हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको विशेष समारोहमा शपथ भएको हो । जबरालाई मंगलबार संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशका लागि स्वीकृत गरेको थियो ।

उनीमाथि परेका उजुरीको सुनुवाई गर्दै समितिले उनको नाम स्वीकृत गरेपछि जबरालाई राष्ट्रपतिले बुधबार बिहान शपथ गराएकी हुन् । जबरा नेपालको २९ औँ प्रधानन्यायाधीश बनेका हुन् । यसअघि ओमप्रकाश मिश्र प्रधानन्यायाधीश थिए । केही महिनाअघि संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित भएका दीपकराज जोशीको नाम अस्वीकृत गरेको थियो ।

अहिले प्रधानन्यायाधीश बनेका जबरा अब झण्डै चार वर्ष पदमा रहने छन् । उनको शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न मन्त्रीहरु, सरकारी निकायका प्रमुखसहितको उपस्थिति थियो ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्