Logo
७ बैशाख २०८१, शुक्रबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सयौंँ वर्ष पुराना कुवा संरक्षण गर्दै अन्नपूर्ण गाउँपालिका

पोखरा : अन्नपूर्ण गाउँपालिका कास्कीले सयौंँ वर्ष पुराना कुवा संरक्षण गर्ने भएको छ । प्राचीनकालदेखि सर्वसाधारणको खानेपानीका उपयुक्त विकल्प बनेका कुवा र तिनको महत्व समेतलाई दृष्टिगत गरी गाउँपालिकाभित्रका सयौँ वर्ष पुराना झण्डै दुई दर्जन कुवाको संरक्षण गर्न पहल थालिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

स्थानीयवासी समेतको सक्रियतामा कुवा संरक्षण कार्यलाई अघि बढाइने उल्लेख गर्दै उनले यस आर्थिक वर्षका लागि गाउँपालिकाले रु ५ लाख बजेट छुट्याएको बताए । अन्नपूर्ण गाउँपालिका-२ स्थित रातामाटा कुवा यहाँको झण्डै ४०० वर्ष पुरानो भएको विश्वास गरिने कार्यपालिका सदस्य भगवती भण्डारीले बताए।

गाउँपालिका-५ झोवाङस्थित चिसापानी कुवा, वडा नं ६ लुम्लेस्थित माझखोला कुवा, वडा नं ९ उल्लेरीस्थित उजेली कुवालगायतका झण्डै दुई दर्जन कुवा यस क्षेत्रमा बस्ती शुरु हुँदादेखि नै अस्तित्वमा आएको मानिन्छ ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्