Logo
१२ बैशाख २०८१, बुधबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दौरा सुरुवाल र ढाकाटोपीसहित कार्यालयमा मनाईयो टोपी दिवस

काठमाडौं : विश्वभर इस्वी संवतको नयाँ वर्ष २०१९ को उल्लास रुपमा मनाइरहदाँ नेपालमा भने नेपाली टोपी दिवस भव्यरुपमा सम्पन्न भएको छ । विशेष गरी जागरुक युवा अभियानले यो कार्यक्रम सञ्चालन गरेपनि सरकारी कार्यलयमा भने पहिलो पटक यो दिवस मनाइएको छ ।

पत्रकारहरुको नियामक निकाय प्रेस काउन्सिल नेपालले पनि राष्ट्रिय पोशाक जगेर्ना गर्ने उद्देश्यले यो दिवस मनाएको छ । आज कार्यलयका प्रायः कर्मचारीहरु दौरा सुरुवाल र ढाका टोपी लगाएर उपस्थित भएका थिए ।

पे्रस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल भन्नुहुन्छ –“यो अत्यन्तै रामं्रो, कुरा हो, सबै सरकारी कार्यालयमा टोपीसहित दौरासुरुवाल युक्त नेपाली पोशाक अनिवार्य भए झन राम्रो प्राय म नेपाली टोपी छाड्दिन गर्मीमा अलि असहज हुन्छ जाडोमा छोडन् सकिदैन, आज यस विशेष दिनमा टोपीसहित दौरासुरुवालमा कर्मचारी साथिहरुलाई आउन आग्रह गरिएको र धेरै जनाले लगाएर आउको भन्नुहुँदै प्रत्यक महिना कुनै निश्चित दिन/बारमा दौरासुरुवाल लगाएरै आउनु पर्ने गरी व्यबस्था गर्ने सम्बन्धमा छलफल चलाइरहेको बताउनुभयो ।”

त्यस्तै उप–प्रशासकीय अधिकृत रामशरण बोहराले हरेक विकसित मुलुकहरुको समेत आफ्नो पोशाक हुने भएकाले नेपाल जस्तो बहु–जातजाति र भाषभाषी भएको देशमा पोशाकको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलीलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएको थियो । नेपालका विभिन्न शहरमा पनि अंग्रेजी नयाँ वर्षको रौनक उस्तै छ । यहि अंग्रेजी नयाँ वर्षकै दिन केही वर्षदेखि राष्ट्रिय टोपी दिवस मनाउने गरिएको हो ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्