Logo
१३ बैशाख २०८१, बिहीबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिपक्ष दलका नेता रिजालद्धारा प्रधानमन्त्री ओलीको आलोचना

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालले अरुक मानमा हानि पुर्याउने गरेको भन्दै केपी प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

नेता रिजालले ‘आफूबाहेक अरु कोही पनि जान्ने छैन’ भन्ने प्रधानमन्त्री ओलीको मान्यता रहेको उल्लेख गर्दै यसले मुलुकलाई समृद्ध बनाउन नसक्ने पनि स्पष्ट पारे । उनले मुलुकलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरे ।

राष्ट्रिय पोशाक दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको सम्मानका लागि पनि समृद्धिको अभियानलाई सफल बनाउनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता भीम रावलले नेपालको संस्कृतिलाई कमजोर बनाउने षडयन्त्र भईरहेको उल्लेख गर्दै त्यसमा सचेत रहन पनि सबैलाई आह्वान गरे ।

मुलुकलाई समृद्ध बनाउन सकेमात्रै हाम्रा राष्ट्रिय पोशाकको पनि सम्मान हुने नेता रावलको भनाइ थियो ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्