Logo
१५ चैत्र २०८०, बिहीबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंगलबार शेयर बजारमा पुनः गिरावट

काठमाडौँ : धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ३६ बिन्दुले घटेर एक हजार १८५ दशमलव ९१ बिन्दुमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३३ बिन्दुले घटेर २५१ दशमलव ८३ बिन्दुमा झरेको छ । स्टकका अनुसार आज नेप्से परिसूचकको साथ साथै कारोवार रकमसमेत घटेको छ । कूल १५६ कम्पनीको छ लाख ८९ हजार ७२० कित्ता शेयर रु २२ करोड ८५ लाख ४३ हजार ४१५ मूल्यमा खरीद बिक्री भयो ।

कारोवार भएका कूल नौ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर बढेको छ । त्यसमा निर्जीवन बीमा नौ दशमलव ७२, लघुवित्त तीन दशमलव २४ र जीवन बीमा शून्य दशमलव ६३ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ दुई दशमलव १३, होटल चार दशमलव ९१, विकास बैंक एक दशमलव ४५, जलविद्युत् तीन दशमलव ८६, वित्त शून्य दशमलव ३४ र अन्य शून्य दशमलव शुन्य दुई बिन्दुले घटेको छ ।

घटेको बजारमा कालिका लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था सिद्धार्थ इन्स्यारेन्स कम्पनीका शेयरधनीले आज कमाएका छन् ।

साङ्ग्रिला डेभलपमेन्ट बैंक, राधी विद्युत् कम्पनी, प्रभु बैंक, नागबेली लघुवित्त विकास बैंक र कालिका पावर कम्पनीका शेयरधनीले बढी गुमाएका छन् ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्