Logo
१२ बैशाख २०८१, बुधबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेगा बैंकद्वारा ८ शाखाका ग्राहकलाई आजदेखि विशेष सुविधा

काठमाडौँ : आजदेखि मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँका ८ शाखामा ग्राहकका लागि विशेष सुविधा शुरुआत गरेको छ । बैंकमा सेवा लिन आउने ग्राहकको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको जनाएको छ ।

त्यस्ता कर्मचारीलाई ग्राहकको बैंकिङ आवश्यकताअनुसार विशेष जिम्मेवारी दिइएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीभित्रका ८ शाखामा नमूनाका रुपमा शुरु गरिएको यो सुविधा क्रमशः अन्य शाखामा पनि विस्तार गरिने मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिए ।

ग्राहकलाई बैंकमा आउँदा कुनै अप्ठेरो परे तत्कालै हेरविचार होस् र सेवा सुविधा लिन सहज होस् भन्ने उद्देश्यले यो सुविधा शुरु गरेको उनले बताए ।

‘मेगा कस्टमर केयर अफिसर’ले ग्राहकलाई स्वागत गर्नुका साथै उनहरुका समस्या, गुनासो र सुझाव सुनेर त्यसलाई बैंकका सम्बन्धित शाखासँग समन्वय गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसले ग्राहकलाई बिना झण्झट, छिटोछरितो सेवा लिन मद्दत पुग्ने बैंकको विश्वास छ ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्