Logo
१३ बैशाख २०८१, बिहीबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिक्रम र मेलिनाको ‘कहिले प्यार कहिले झगडा’ सार्वजनिक

काठमाडौं : बिक्रम राना र मेलिना राईको स्वरमा रहेको गीत ‘कहिले प्यार कहिले झगडा’ सार्वजनिक भएको छ । गीतमा गोविन्द मधुर आचार्यको शब्द/सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

क्रान्ति केसीले निर्देशन गरेको गीतको भिडियोमा सोमिया राना र पल शाहको अभिनय रहेको छ । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई क्रान्तीले नै सम्पादन गरेका छन् ।

थुप्रै गीतबाट स्रोता÷दर्शकको मन जित्न सफल विक्रम मोडलिङमा पति त्यतिकै देखिन्छन् । ‘मेरा अन्य गीतले जस्तै यो नयाँ गीत कहिले प्यार कहिले झगडाले पनि दर्शक/स्रोताको त्यतिकै साथ पाउनेमा आशावादी छु’, विक्रमले भने ।

निकै मिहिनेतका साथ यो गीतको भिडियो ल्याएको र यसबाट आशावादी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्