Logo
१३ बैशाख २०८१, बिहीबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यानडामा अन्तिम सांस लिए अभिनेता कादर खान, उनको पार्थिव शरिरलाई भारत नल्याइने

बलिउडका वरिष्ठ अभिनेता कादर खानको निधन भएको छ । अभिनेता खानको क्यानडाको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

खानका छोरा सरफराज खानले निधनको पुष्टि गरेका हुन् । उनले भनेका छन्, ‘हाम्रा पिता अब हामी माझ रहनु भएन ।’ ८१ वर्षका कादर खान अभिनेतासँगै संवाद लेखक पनि हुन् ।

उनको स्वास्थ्य केही दिनदेखि गम्भीर बनेको थियो । सामाजिक सञ्जालमा उनको निधन भएका खबर पनि आएका थिए । सन् १९८० र ९० को दशकमा कादर खानले गोविन्दा र अनिल कपूरसँग धेरै चलचित्रमा काम गरेका थिए ।

उनले सन् १९७३ मा राजेश खन्नाको चलचित्र दागबाट बलिउडमा डेब्यु गरेका थिए । खानले ३०० भन्दा बढी चलचित्रमा काम गरेका छन् ।उनका परिवार सहित केहि वर्षदेखि क्यानडामै रहँदै आएका छन् ।

खानसँग क्यानडाको नागरिक्ता समेत रहेको थियो । फिल्मी दुनियाँबाट अवकास लिएपछि उनी पछिल्लो केहि वर्षदेखि क्यानडा नै बस्दै आएका थिए । उनको अन्तिम संस्कार क्यानडामै गरिने भातीय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्