Logo
११ बैशाख २०८१, मंगलबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसमा भयानक बिस्फोट : ४८ वटा फ्ल्याट ध्वस्त, चारजनाको मृत्यु, ४० बेपत्ता

रुस : रुसको मध्य क्षेत्रमा रहेको मग्नितागोस्र्कको एक भवनामा भीषण बिस्फोट हुँदा कम्तिमा चारजनाको ज्यान गएको छ । बिस्फोटका कारण भवनका ४८ वटा फ्ल्याटहरु ध्वस्त भएको छ ।

उरल प्रान्तको शहर मग्नितागोस्र्कमा भवनमा भएको बिस्फोटमा परि झण्डै ४० जना हराइरहेका छन्। उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्स र बिबिसीले जनाएका छन् । भवनमा १२० जनाको बसोबास थियो ।

अहिलेसम्म कम्तिमा १६ जनालाई सकुशल उद्धार गरिएको सरकारी अधिकारले जानकारी दिएका छन् । उद्धारकर्मीले भग्नावशेषमा पुरिएकाहरुलाई जीवितै उद्धार गर्न सकिने आशमा उद्धारकार्यलाई जारी राखेका छन् ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्