Logo
१५ चैत्र २०८०, बिहीबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनोज गजुरेलको डेब्यु चलचित्र ‘सयकडा दश’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ : माघ १८ गते प्रदर्शनमा आउने चलचित्र ‘सयकडा दश’को ट्रेलर सार्वजनिक भएको  छ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन्। चलचित्रलाई रामशरण पाठकले निर्देशक गरेका छन्। ‘भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभाव’को कथा फिल्मले पेस गर्छ ।

मनोज गजुरेल र राजाराम पौडेल चलचित्रको मुख्य भूमिकामा छन् । कमेडियन गजुरेलको यो डेब्यु चलचित्र हो। चलचित्रमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोलको पनि अभ्निया रहेको छ।

बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, दीलिप ओखेडाको कोरियोग्राफी रहेको फिल्ममा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल फिल्मको कार्यकारी निर्मातामा छन् ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्