Logo
८ बैशाख २०८१, शनिबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा पुस २८ देखि माघ ७ सम्म खिचरा महोत्सव

भरतपुर : यही पुस २८ देखि माघ ७ गतेसम्म थारू समुदायको महान् पर्व माघी का अवसरमा छैटौँ खिचरा महोत्सव गरिने भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका-५, गौचरनमा गरिने उक्त महोत्सवका लागि अहिले काम भइरहेको छ ।

गत वर्षको तुलनामा यस महोत्सवलाई अझै विशेष महत्वका साथ मनाइने बनाउने तयारी भइरहेको महोत्सव मूल आयोजक समिति थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ का अध्यक्ष चुडामणि चौधरीले बताए ।

महोत्सवमा थारू संस्कृति झल्कने घरका साथै खानाका परिकार, बाल उद्यान, अन्य विभिन्न जातजातिका खानाका परिकारका साथै बाल उद्यान, कृषि र अटोका कक्ष पनि रहनेछन् ।

सांस्कृतिक कार्यक्रमलाई महत्व दिइएको उक्त महोत्सवमा चर्चित कलाकाहरुको विशेष प्रस्तुत रहने सांस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए । उक्त महोत्सवमा चर्चित सेलिब्रेटीहरुले समेत अवलोकन गर्ने भएका छन् ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्