Logo
८ बैशाख २०८१, शनिबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी, ५ लाख भक्तजन आउने अनुमान

चितवन : हरेक वर्ष झैँ यस वर्षको माघे सङ्क्रान्तिका दिन पवित्र तीर्थस्थल देवघाटमा हुने मेलाको तयारी थालिएको छ । देवघाट क्षेत्र विकास समितिले मेलाको व्यवस्थापन तयारी गरेको हो ।

समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेका अनुसार अध्यक्ष शिवराज पौडेलको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरी तयारी अगाडि बढाइएको छ ।

मेला व्यवस्थापनका लागि, सुरक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, विद्युत्, ट्राफिक जस्ता विभिन्न उपसमिति गठन गरी काम भइरहेको उनले बताए । चितवन र तनहुँ जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलको आजबाट मर्मत थालिएको छ ।

समितिका अध्यक्ष पौडेलले माघे सङ्क्रान्तिको आसपासका ३६ घण्टामा ५ लाख भक्तजन आउने अनुमान गरिएको बताए । पुस मसान्तको राति करिब दुई लाख भक्तजन देवघाटमा बस्ने गर्दछन् ।

नेपाल र भारतका विभिन्न ठाउँबाट समेत भक्तजन आउने गर्दछन् । माघे सङ्क्रान्तिका दिन देवघाटधाममा स्नान गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गमस्थल देवघाट त्रिशूली र कालीगण्डकी नदीको पनि सङ्गमस्थल हो ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्