Logo
१३ बैशाख २०८१, बिहीबार
(December 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुशीको खबर : संसदमा पुग्याे विधेयक, यस्ताे बन्दैछ ‘प्रदेश लोकसेवा आयोग’

काठमाडौं : कानुन नबनेकाले प्रदेश लोकसेवा गठन गर्न नसकिएको र आवश्यक कर्मचारीको व्यवस्था नभएको भन्दै प्रदेश सरकारले असन्तुष्टि जनाइरहेको वेला सरकारले विधेयक संघीय संसदमा पुर्याएको छ ।

प्रदेश लोकसेवा आयोग गठन गर्ने आधार र मापदण्डसहितको विधेयक आइतबार दर्ता हुने क्रममा रहेको संसद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार प्रतिनिधिसभामा विधेयक पुर्‍याए पनि दर्ता हुन सकेको छैन । केन्द्रले प्रदेश लोकसेवा आयोग गठनको बाटो खोल्न यो विधेयक ल्याएको हो ।

प्रदेश लोकसेवा आयोगमा अध्यक्षसहित बढीमा तीन सदस्य रहने प्रस्ताव सरकारले विधेयकमा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसदमा दर्ता गर्न तयार गरेको विधेयकअनुसार अध्यक्ष र सदस्यको नियुक्तिका लागि सिफारिस गर्न प्रदेश मुख्यमन्त्रीको अध्यक्षतामा एक सिफारिस समिति गठन हुनेछ। सिफारिस समितिमा प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता सदस्य रहनेछन् ।

समितिको सिफारिसमा प्रदेश प्रमुखले लोकसेवा आयोगका अध्यक्ष र सदस्य नियुक्ति गर्नेछन् भन्दै नयाँ पत्रिका दैनिकमा खबर छ।

प्रकाशित मिति: Dec 29, 2018

प्रतिक्रिया दिनुहोस्