Logo
१३ बैशाख २०८१, बिहीबार
(December 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजामती विधेयकको मस्यौदा: प्रदेश-स्थानीयमा गएकाहरु पुन: केन्द्रमा आउन पाउने

काठमाडौं : निजामती कर्मचारीका मुख्य मागलाई सम्बोधन गर्ने गरी सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदालाई अन्तिम रुप दिएको छ।

सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई केन्द्रमा आउन सक्ने गरी सबै किसिमका बढुवा प्रणालीमा सहभागी हुन पाउने गरी संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार पारेको हाे ।

सरकाले प्रदेश र स्थानीय तहमा समायोजन भई जाने कर्मचारीलाई खुला प्रतियोगिता, अन्तरसेवा प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादनका आधारमा संघमा आउन सक्ने गरी कानुनी व्यवस्था गर्न लागेको हो।

मस्यौदामा हाल रहेको उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धा गर्न पाउने १० प्रतिशत पद यथावत राखिएको छ । कर्मचारीको उमेर हद दुई वर्षपछि लागू हुने गरी ६० वर्ष बनाउन प्रस्ताव गरिएको छ । हाल कर्मचारीको उमेर हद ५८ वर्ष छ ।

प्रकाशित मिति: Dec 29, 2018

प्रतिक्रिया दिनुहोस्