Logo
८ बैशाख २०८१, शनिबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाह पाइराख्नुहोस् : याैन इच्छा नहुँदा के गर्ने ?

पी : म २५ वर्षीया विवाहित महिला हुँ । मेरो पाँच वर्षको बच्चा छ । मलाई अहिले यौन सम्पर्कमा खासै रुचि हुँदैन । श्रीमान् यौन सम्पर्कका लागि आग्रह गर्नुहुन्छ तर मलाई मन लाग्दैन । मलाई किन यसो भएको होला ? यही कारण कतै घरबार बिग्रेला कि भन्ने डर लागिरहेको छ । यस्तो अवस्थामा के गर्न सकिन्छ ?

दम्पतीबीच शारीरिक सम्पर्क बन्द भएपछि उनीहरूबीचको सम्बन्ध पनि खटपट सुरु हुन्छ भन्ने मान्यता राख्नेहरू धेरै छन् । जवानी छ“दै दम्पतीबीच सहवास नहुनु भनेको निश्चय पनि राम्रो होइन । सहवास नहुँदा मनमुटाव बढ्छ, अविश्वास पैदा हुन्छ र अन्तिममा दाम्पत्य जीवन नै टुंगिन बेर लाग्दैन । सहवासले दम्पतीमा एकअर्काप्रति विश्वास बढाउ“छ र सम्बन्धलाई बलियो र दिगो बनाउँछ ।

महिला वा पुरुषमा उत्पन्न हुने सहवास प्रतिको अरुचिले सम्बन्धमा खटपट ल्याउने खतरा हुन्छ । महिलाहरू गर्भवती भइसकेपछि आफ्नो पार्टनरलाई आफूले यौन सन्तुष्टि दिन नसक्ने र पार्टनरको मन बिच्किन सक्ने भन्दै निकै चिन्तामा हुन्छन् । यो तनाव र चिन्ताले उनीहरूलाई यौन सम्पर्कका लागि झनै असमर्थ बनाउँछ । त्यसैले यस्तो तनावबाट मुक्त हुनु सफल यौन जीवनको एक महत्वपूर्ण विषय हो, जसबाट गर्भावस्थामा समेत महिलामा सहवासका लागि समता वृद्धि हुन्छ र पुरुष पार्टनरको यौन सन्तुष्टिमा प्राप्त गर्छन् ।

बच्चाको जन्म भइसकेपछि श्रीमान्श्री-मतीको यौन सुखमा केही असर पर्न सक्छ । श्रीमती बच्चाको हेरचाहमा व्यस्त तथा थकित बन्नुपर्ने र पुरुषसमेत घरव्यवहारमा बढी सामेल हुनुपर्ने भएकाले यौनिक सन्तुष्टिको विषय प्राथमिकतामा नपर्न सक्छ । तर, यस्तो अवस्थामा समेत दम्पतीहरूले आफ्नो यौनजीवनमा ऊर्जा भर्न सक्छन् । त्यसको लागि केही समय बच्चाबच्चीलाई अभिभावक, केयर सेन्टर वा आफ्ना साथीहरूकोमा पठाएर दुईजना मात्रै कुनै नयाँ ठाउ“मा घुम्न निस्कने वा बचेको समयलाई यौनिक सुखका लागि भरपूर उपयोग गर्नु हितकर हुन्छ ।

महिलाहरू आमा बनिसकेपछि यौनिक सुखका विषयमा आत्मविश्वास गुमाउ“दै जानेमात्र होइन, आफ्ना पतिप्रति पनि बढी नै शंकालु बन्ने गर्छन् । पुरुषहरू पनि श्रीमतीलाई घरधन्दा सबै सुम्पिएर एक्लै रमाउने प्रवृत्ति बढाउँछन् र उनीहरूले श्रीमतीले आफूलाई समय नै नदिएको भनी गनगनसमेत सुरु गर्छन् । यस्तो अवस्थामा दम्पतीबीच मनमुटाव सुरु हुन बेर लाग्दैन । त्यसैले बच्चाको हेरचाह र घरधन्दाको काम एक्लैले नगरी आफ्नो श्रीमान्लाई समेत त्यसमा लगाउने र बाँडीचुँडी घरधन्दा गर्ने गरेमा प्रभावकारी बुझाइको विकास हुनेमात्र होइन, समयको बचत हुने र बचेको समयलाई दम्पतीले चाहे अनुसारको काममा लगाउन सक्छन् ।

आमा बनिसकेपछि महिलामा आफ्नो सौन्दर्यको विषयलाई लिएर हीनताबोध बढ्दै जाने, यौनमा अरुचि बढ्ने तथा यौन सम्पर्क र यौनिक सुखका विषयमा विश्वास घट्दै जानेजस्ता समस्या देखापर्छन् । यसले महिलाको पारिवारिक तथा यौन जीवनमा असर त पर्छ नै उनको पार्टनर वा श्रीमान्को हकमा समेत नकारात्मक असर पार्दै जान्छ र अन्ततः त्यसले पारिवारिक विखण्डनको अवस्थासमेत निम्त्याउन सक्छ । तसर्थ, दाम्पत्य सम्बन्धको मुख्य कडीको रूपमा रहेको सहवास वा यौनिक सुखको विषयलाई सदाबहार बनाउन श्रीमान्–श्रीमतीबीच आपसी समझदारी हुनुपर्छ ।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्