Logo
१३ बैशाख २०८१, बिहीबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जन्मदिनमा राजभण्डारीद्धारा आश्रमलाई सहयोग

 

बागलुङ :  समाजसेवी लालचन्द्र राजभण्डारीले जन्मदिनका अवसरमा मानव सेवा आश्रम बागलुङलाई रु एक लाख सहयोग गरेका छन् । बिहीबार आश्रममा ७५औँ जन्मदिन मनाउँदै राजभण्डारीले उक्त रकम हस्तान्तरण गरे ।

‘मानवताको सेवा नै धर्म हो’ उनले भने, “आश्रम सञ्चालन र व्यवस्थापनमा सहयोग पुगोस् भनेर सहयोग गरेको हुँ ।” जन्मदिन पारेर राजभण्डारीले गरेका सहयोग अनुकरणीय रहेको आश्रमका व्यवस्थापक मनिष रायमाझीले बताए ।

तीन वर्षअघि खुलेको आश्रमले १९ जना साहाराविहीनलाई आश्रय दिएको छ । बागलुङलाई सडक मानवमुक्त बनाउने अभियानमा आश्रम लागिपरेको छ । विभिन्न सहयोग, चन्दा र दानबाट आश्रम सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्