Logo
१३ बैशाख २०८१, बिहीबार
(December 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धान उत्पादनमा बृद्धि : ५५ लाख मेट्रिक टनको लक्ष्य, तर योजना नसकिँदै ५६ लाख मेट्रिक टन बढी उत्पादन

 

काठमाण्डौं : गत वर्षको तुलनामा यो वर्ष धान खेती करीब २२ हजार हेक्टर क्षेत्रफल बढेको छ । गतवर्ष उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव पाँच मेट्रिक टन रहेकोमा यस वर्ष तीन दशमलव ७६ प्रतिशत भएको छ । यो विगतको तुलनामा सात दशमलव २७ प्रतिशतले वृद्धि हो ।

मन्त्रालयका अनुसार वर्षे धानको उत्पादकत्व तीन दशमलव ६९ मेट्रिक टन प्रतिहेक्टर छ भने चैते धान चार दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर रहेको छ ।अघिल्लो वर्ष ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष कुल ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भइसकेको कृषि तथा पशुपक्षी मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए । यद्यपि अझै माग अनुसार धान उत्पादन हुन सकेको छैन । नेपालमा ६१ लाख मेट्रिक टन धानको माग छ ।

तर चौधौँ त्रिवर्षीय योजनाको लक्ष्य भने प्राप्त भएको मन्त्रालयका सूचना अधिकारी विनोद भट्टराईले बताए । कुल ५५ लाख मेट्रिक टनको लक्ष्य लिइएकामा योजना नसकिँदै ५६ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन भइसकेको छ । मौसम अनुकूल भएको र आवश्यक मलखाद लगायत सामाग्री समयमै उपलब्ध भएकाले धान उत्पादन बढेको दावी मन्त्रालयको छ ।

गत आवमा ५१ लाख ५१ हजार मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष ४ लाख ५८ हजार मेट्रिक टनले उत्पादन बढेको छ । यो आठ दशमलव ८९ प्रतिशतले वृद्धि भएको मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रेग्मीले जानकारी दिए । गत वर्षको तुलनामा यो वर्ष धान खेती करीब २२ हजार हेक्टर क्षेत्रफल बढेको छ ।

गतवर्ष उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव पाँच मेट्रिक टन रहेकोमा यस वर्ष तीन दशमलव ७६ प्रतिशत भएको छ । यो विगतको तुलनामा सात दशमलव २७ प्रतिशतले वृद्धि हो । मन्त्रालयका अनुसार वर्षे धानको उत्पादकत्व तीन दशमलव ६९ मेट्रिक टन प्रतिहेक्टर छ भने चैते धान चार दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर रहेको छ ।

मन्त्रालयका सचिव युवकध्वज जिसीले समयमै पानी परेको, मलखादको व्यवस्था भएको, प्राकृतिक प्रकोप नभएको र यान्त्रिकीकरण र उन्नत जातको बीउको प्रयोग हुँदा धानको उत्पादन बढेको बताए ।

 

प्रकाशित मिति: Dec 27, 2018

प्रतिक्रिया दिनुहोस्