Logo
८ बैशाख २०८१, शनिबार
(December 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रियङ्का कार्कीको स्वरमा ‘अनागत’को गीत रिलिज (भिडियो)

काठमाडौं : अभिनेत्री प्रियङ्का कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘अनागत’को पहिलो गीत सार्वजनिक भएको छ । अभिनेत्री कार्कीकै स्वर रहेको गीतलाई गायक सुरज शाही ठकुरीले साथ दिएका छन् ।

‘हुँदैछ के..’ बोलको गीतमा सुरज शाही ठकुरी र साम्तेन भुटियाको शब्द रहेको छ भने सुरज शाही ठकुरीको संगीत रहेको छ । भिडियोमा प्रियङ्का र अर्का कलाकार अर्पण थापा फिचर्ड छन् ।

दुई बर्ष अघि निर्माण घोषणा गरिएको चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियङ्का र अर्पणको अलार्वा , प्रविण खतिवडा, रोसिन सुवेदी, अरुण रेग्मी, अनु शर्मा, कुमार क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।

सिसन बानियाँको छायाँकन रहेको चलचित्रमा चन्द्र के.झा, तेरिङ लमु शेर्पा र साम्तेन भुटियाको लगानी रहेको छ । यो चलचित्र माघ ११ गतेबाट प्रदर्शन हुदैँछ ।

प्रकाशित मिति: Dec 27, 2018

प्रतिक्रिया दिनुहोस्