Logo
८ बैशाख २०८१, शनिबार
(December 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी सञ्चय कोषमा ८ अर्ब ३५ करोडले बृद्धि कल खातामा ४ अर्ब ४२ करोड

काठमाडौं :  कर्मचारी सञ्चय कोषले तीन महिनामै ८ अर्ब ३५ करोड रुपैयाँ बढाएको छ । कोषले असोजसम्मको वित्तीय विवरण प्रकाशित गर्दै कर्मचारीको सञ्चय रकम २ खर्ब ८७ अर्ब १० करोड पुगेको जनाएको छ ।

कोषले विभिन्न कम्पनीको शेयरमा ५ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ भने परियोजना ऋण ४७ अर्ब ७७ करोड रुपैयाँ दिएको छ । सञ्चयकर्ताले १ खर्ब ६९ अर्ब रुपैयाँ सापटी चलाएका छन् ।

कोषको विभिन्न बैंकको कल खाता र नगद गरेर ४ अर्ब ४२ करोड रुपैयाँ छ । कोषले ५५ अर्ब २० करोड बैंकहरुको मुद्दति खातामा राखेको छ । कोषले डिबेञ्चरमा लगानी गरेको छैन तर सरकारी राष्ट्रिय बचतपत्र तथा ऋणपत्रमा भने १४ अर्ब ४६ करोड रुपैयाँ लगानी गरेको जनाएको छ ।

कोषले विभिन्न कम्पनीको शेयरमा ५ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ भने परियोजना ऋण ४७ अर्ब ७७ करोड रुपैयाँ दिएको छ । सञ्चयकर्ताले १ खर्ब ६९ अर्ब रुपैयाँ सापटी चलाएका छन् ।

प्रकाशित मिति: Dec 27, 2018

प्रतिक्रिया दिनुहोस्