Logo
|| December 26, 2018

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रो नेपाल आइडल रविकी आमाको करेन्ट लागेर निधन

कैलाली : दोस्रो नेपाल आइडल रवि ओडकी आमा विष्नादेवी ओडको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्दाजी ४५ वर्षकी उनले अत्तरिया अस्पतालबाट सेती अञ्चल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन् । तर अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेपछि उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्‍याइएको थियो । अस्पतालले उनलाई सेती अञ्चल अस्पताल रेफर गरेपछि उनलाई त्यसतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।

अहिले उनको शवलाई अञ्चल अस्पतालमै राखिएको छ । रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृहजिल्लामै रहेका बेला घटना भएको हो । रविका तीन भाइ र दुई बहिनी छन्। जन्म दिने आमालाई पहिला नै गुमाएका रविसहित यी भाइबहिनी सबैलाई विष्नाले नै हुर्काएकी थिइन् ।

नेपाल आइडलको उपाधि जितेका रविले जितको खुसियाली मानाउँदै गर्दा उनको परिवारमा यो विपत्ति आएको छ ।

प्रकाशित मिति: ११ पुष २०७५, बुधबार १०:४६

प्रतिक्रिया दिनुहोस्