Logo
१३ बैशाख २०८१, बिहीबार
(December 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिदामा फर्किएका घरेलु कामदारलाई फेरि विदेश जान दिने सरकारको तयारी

काठमाडौँ : सरकारले घरेलुु कामदार पठाउन बन्द गर्ने निर्णयमा पुुनर्विचार गर्ने भएको छ । २०७३ सालको चैत २२ गतेदेखि घरेलुुकामदार पठाउन बन्द गरेको थियो । तर सोमबार बस्ने संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यसका लागि बाटो खुल्ला गर्ने तयारी गरेको एक सदस्यले जानकारी दिए ।

उनका अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र श्रम सचिव महेश दाहाललाई समितिले विस्तृत विवरणसहित उपस्थित हुन भनेको छ । प्राप्त जानकारी अनुसार पहिले विभिन्न देशमा घरेलु कामदारका रुपमा काम गरेर बिदामा घर फर्किएकाहरुलाई फेरि जाने बाटो खुल्ला गरिदिन लागिएको हो ।

समितिले त्यसरी बिदामा आएकाको संख्यासतिह उनीहरुको सुरक्षा ग्यारेन्टी कसरी गर्ने भन्ने विषयमा मन्त्री र सचिवसँग छलफल गर्दैछ । कामदारले आफ्नो काम र कमाई राम्रो रहेको, कुनै हिंसामा नपरेको र घर मालिकले पनि सुरक्षाको जिम्मेवारी लिएको खण्डमा उनीहरुलाई जान दिने तयारीमा सरकार पुुगेको हो ।

श्रममन्त्री बिष्टले समेत यो विषयमा सरकार गम्भीर रहेको र चाँडै निर्णयमा पुग्ने बताउँदै आएका थिए । पहिले पनि तत्कालिन अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिकै निर्देशनमा घरेलुु कामदार पठाउन बन्द गरिएको थियो । सम्बन्धित देशसँग श्रम सम्झौता भएर घरेलु कामदारको विशेष सुरक्षाको ग्यारेन्टि भए मात्रै पठाउने निर्णय भएपनि राम्रो काम र कमाई भएकाहरुले जान रोकिएकोमा गुुनासो गर्दै आएका थिए ।

यसरी रोकिएका कामदारले मन्त्रालयमै गएर आफूलाई जान दिन मन्त्रीलाई आग्रह गर्न थालेपछि मन्त्री निर्णय पुनरविचार गर्ने मनस्थितिमा पुुगेका हुन् । तर नयाँ जाने घरेलु कामदारको हकमा भने तत्कालै खुुल्ला नहुने भएको छ । घरेलुु कामदार रोकिँदा कम्पनीको नाममा भिसा ल्याएर घरको काममा जाने र भारतको बाटो भएर दलाल मार्फत जानेको संख्या भने बढेको छ ।

प्रकाशित मिति: Dec 24, 2018

प्रतिक्रिया दिनुहोस्