Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक विकासका लागि कुरीतिविरुद्ध धामीझाँक्री र पुरोहितलाई अभियानकर्मी बनाइने

दार्चुला : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशभर कुरीतिविरुद्ध स्थानीय धामीझाँक्री र पुरोहितलाई अभियानकर्मीका रुपमा अगाडि बढाउने भएको छ ।

सूदूरपश्चिम प्रदेशमा वर्षौँदेखि जरो गाडेर रहेको कुप्रथा तथा कुसंस्कार हटाउन उक्त मन्त्रालयले नौ वटै जिल्लामा पुगेर स्थानीय धामीझाँक्री र अन्तरक्रिया थालनी गरेको हो ।

लैङ्गिक हिंसाको वर्तमान अवस्था र न्यूनीकरणका लागि विद्यमान कानूनी प्रक्रियानबारे जानकारी गराउने र अहिलेसम्म चलिआएका अन्धविश्वास, कुप्रथा, गलत परम्परा पहिचान गरी भावी कार्यदिशाका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले धामीझाँक्री र पुरोहितको सहभागितामा अन्तरक्रिया गरिएको उक्त मन्त्रालयले जनाएको छ ।

सदरमुकाम खलङ्गामा शुरु भएको अन्तरक्रियामा जिल्ला नौ वटै गाउँपालिका, नगरपालिकाका धामीझाँक्री र पुरोहित सहभागी थिए । सामाजिक विकासमन्त्री कृष्णप्रसाद सुवेदीले कार्यक्रम शुभारम्भ गर्दै बिरामीलाई झारफुकमै अलमल्याउनु भन्दा पनि अस्पताल पठाउन प्रेरित गर्नका लागि धामीझाँक्रीको भूमिका महत्वपूर्ण हुने बताए ।

हरेक जिल्लाका धामी, झाँक्री, पुरोहितलाई लैङ्गिक हिंसा, छाउपडीलगायतका विसङ्गति र कुरीतिविरुद्ध राष्ट्रिय नीतिका बारेमा जानकारी गराइ उनीहरूलाई नै अभियानकर्मीका रुपमा अगाडि बढाइने उक्त मन्त्रालयका महिला विकास अधिकृत कमला शाहीले जानकारी दिए ।

प्रकाशित मिति: Dec 21, 2018

प्रतिक्रिया दिनुहोस्