Logo
७ बैशाख २०८१, शुक्रबार
(December 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमल तालको वरिपरि बगैँचा र संरचना बन्दै

रुकुम : जिल्लाको मुख्य पर्यटकीयस्थल कमल तालको छेवैमा बगैँचा बन्ने भएको छ । कमल ताललाई आकर्षक तथा थप हेर्न लायक बनाउन तालको पश्चिमतर्फ बगैँचा र अन्य संरचना बन्न थालका छन् ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले रु तीन करोड १६ लाख बजेट विनियोजन गरेर तालको पश्चिमतर्फ प्रवेशद्धार, टिकट काउन्टर, स्नानकक्ष तथा शौचालय निर्माण गराएको हो ।

भौतिक संरचनाको निर्माणपछि बगैँचा निर्माण गरिने निर्माणको जिम्मा पाएको मल्ल कन्स्ट्रक्सन कम्पनीले जनाएको छ । कम्पनीका अनुसार तालको वरिपरि ७०० स्क्वायर फिटसम्म टायलसहितको पैदलमार्ग बन्ने छ ।

बगैँचा र ताल वरिपरि फलामको रेलिङ लगाइने छ । तालको वरपर तीन प्रतिक्षालय रहनेछन् भने पूर्व र पश्चिमतिर एक÷एक शौचालय बनाइने छ । आगामी २०७६ असार गतेभित्रै काम सक्ने गरी लागिरहेको कम्पनीका प्रतिनिधि श्यामप्रशाद उपाध्यायले बताए ।

शहरी विकास तथा भवन निर्माण डिभिजन उक्त कार्यालय र निर्माण कम्पनीबीच विसं २०७४ असार २७ गते सम्झौता भएको थियो । कमल दहमा पहिलो चरणको ठेक्का लिएर काम भइरहेको कार्यालयले जनाएको छ ।

ताल वरिपरि बनाइने प्रतिक्षालयबाट पनि तालको अवलोकन गर्न तथा फोटो खिच्न सकिने भएको छ । ताल हेर्न आउनेबाट थोरै भए पनि शुल्क लिने कि भन्ने विषयमा छलफल भइरहेको वडा नं ५ का वडाध्यक्ष शान्तेबहादुर विकले बताए ।

ताल हेर्न आउनेलाई टिकट बेचेर आम्दानी गर्ने उद्देश्य नभएर अनुशासन पालना गराउनका लागि पनि थोरै रकम लिँदा राम्रो हुनेसुझाव आइरहेको उहाँले बताए । पहिलो चरणको ठेक्काबाट तालको आधा-आधी भाग व्यवस्थापन हुने र अर्को चरणमा भनेजस्तो व्यवस्थित बनाइने वडाध्यक्ष विकले जानकारी दिए ।

प्रकाशित मिति: Dec 21, 2018

प्रतिक्रिया दिनुहोस्