Logo
८ बैशाख २०८१, शनिबार
(December 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसारलाई मैंले नेपाल भन्दा अर्को कुनैं सुन्दर देश छैंन भन्ने देखाए : शृङ्खला खतिवडा

काठमाडौं : पछिल्लो समय सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यममा धेरै छाउने गरेकी छन् शृङ्खला खतिवडा । नेपालको प्रतिनिधित्व गर्दै “मिस वर्ल्ड” मा सहभागी शृङ्खलाले सो प्रतियोगितामा हात पारेको महत्त्वपूर्ण सफलतासँगै उनी मिडियामा छाउन सफल भएकी हुन् । चीनको सान्यामा हालै सम्पन्न “मिस वर्ल्ड” मा उनले आफूलाई उत्कृष्ट १२ भित्र उभ्याउँदै “मल्टिमिडिया” र “ब्युटी विथ पर्पोज” जस्ता दुई महत्त्वपूर्ण उपाधि नेपाल ल्याउन सफल भइन् ।

उनले नेपाललाई दिलाएको यो सफलता “मिस वर्ल्ड”बाट नेपालले पाएको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ । खतिवडा मिस वर्ल्डलाई निकै रमाइलो यात्रा थियो भन्छिन । विश्व सुन्दरी प्रतियोगिता संसारभरका एकसे एक सुन्दरीहरुको प्रतियोगिता हो । आफुले थुप्रै साथीहरू बनाउँदैं धेरै कुरा सिक्न पाउँनु आफ्ना लागि ठुलो पाठ भएको उनको बुझाई रहेको छ ।

देश विदेशमा रहने लाखौं करोडौं नेपालीहरुको मायाको कारण आफु एकदमैं भाग्यमानी भएको बताइन । श्रृङ्खला खतिवडा विश्व सुन्दरी प्रतियोगितामा गएको नभई नेपाल गएको उनले जानकारी दिईन । उनले भनिन, “नेपालको झण्डा बोकेर, सबै नेपालीको प्रतिनिधित्व गर्दै गएकी थिएँ । सायद त्यसैले पनि होला, त्यहाँ कसैले पनि मलाई नामले बोलाउनु हुँदैन थियो । नेपाल भनेर बोलाउनु हुन्थ्यो । यसरी बोलाउँदा गर्व लाग्थ्यो । पूरै नेपाललाई विश्वमा चिनाउँदैछु भनेर खुसी लाग्यो ।”

एउटा तितो सत्य के हो भने कुनैं पनि प्रतियोगितामा भाग लिईसकेपछि हर कसैंले जित्ने अभिलासा राख्छ त्यो कुरा खतिवडाको मनमा पनि थियो । उनलाई जित्नुपर्छ भन्दा पनि मलाई जित्न सक्छु भन्ने विश्वास थियो । खतिवडालाई देशको माया र साथले प्रतियोगिताको अत्यसम्म पुग्दा त्यो आत्मविश्वास बलियो हँदै गइरहेको थियो जित्छु भन्ने लागेको थियो । तपाईलाई भनौं विश्वभरी सौन्दर्य प्रतियोगिता फलो गर्नेहरूको लिस्टमा समेत खतिवडा टप थ्रीमा परेकी थिइन । यो लिस्टले गर्दा विश्वले नेपालप्रति चासो देखाएको उनलाई जानकारी भयो ।

नेपालले पनि सौन्दर्य प्रतियोगिता जित्नसक्छ भनेर विश्वास सबैले राखेको अनुभुति भयो । उनी भन्छिन, “उत्कृष्ट पाँचभित्र पर्न भने सकिनँ तर पनि रित्तो हात भने फर्किनँ ।” आफुलाई अविकसित देशको प्रतिनिधि भएको भन्दैं विभेद भोग्नुपर्छ कि भन्ने खतिवडाको मनमा एक प्रकारको डर थियो । सानैं देखि पढाईमा अब्बल उनी अन्य प्रतियोगीसँग कुममा कुम मिलाएर उभिन्छु भन्ने मनमा कन्फिडेन्ट थिइन ।

उनले सबैसँग राम्रो दोस्ती जमाउन सफल भइन । प्रतियोगितामा नेपाल देश नचिन्ने धेरै सहभागी भएको पनि उनले उल्लेख गर्न भ्याइन । उनले भनिन,“मैले सगरमाथाको देश भनेर चिनाउँथे । जवाफमा उनीहरू तिमीले पनि सगरमाथा चढेकी छौं ? भन्ने गर्दथे । हाम्रो देश विश्वका अरू मुलुकमा अझै राम्रोसँग चिनिएको रहेन छ भन्ने मलाई आभास भयो ।” उनले एक साक्षात्कारमा यस्तो कुरा जानकारी गराएकी हुन ।

नेपाली राजनीतिमा युवा सहभागिता एक नारामात्रैं सिमित हुन पुगेको छ । खतिवडालाई अहिले नै राजनीतिमा आउने मन छैंन , तर भविष्यमा उनी यो देशको पहिलो महिला प्रधानमन्त्री बन्न रुची राख्छिन । एक वर्ष अगाडि नेपालको राजनीतिबाट उनी निकै आशावादी थिइन । प्रजातन्त्र आएपछि पछिल्लो चुनावबाट बनेको अहिलेको जस्तो बलियो सरकार नेपालको राजनीतिमा कहिल्यै थिएन । उनी नेकपा सांसद विरोध खतिवडाकी छोरी हुन । उनले केपी शर्मा ओली नेतृत्वको सरकारले सोचे अनुरुप काम गर्न नसकेको बताइन ।

प्रकाशित मिति: Dec 20, 2018

प्रतिक्रिया दिनुहोस्