Logo
७ बैशाख २०८१, शुक्रबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रायोको साग खान जान्नुभयो भने क्यान्सर, वाथ रोग, पत्थरी जस्ता दर्जनौँ रोग चट

काठमाडौ : विश्वभरी नै जहाँ तही उत्पादन गर्न सकिने तरकारी हो रायोको साग । नेपालमा यो बाह्रैमास उम्रिन सक्छ । राम्रो उत्पादनपनि हुन्छ । रायोको साग मन नपर्ने कमै हुन्छन् ।

किनकी यो खानमापनि निक्कै स्वादिलो हुन्छ । रायोको साग स्वादका लागि मात्र हैन जीवन बुटीको रुपमापनि खान सक्नुहुनेछ । यो संसारकै दोस्रो बढी पोषणयुक्त तरकारीमा पर्छ ।

रायोको सागलाई पकाएर, काँचै सलादको रुपमा र सिजिनिङ गरेर पनि खान सकिन्छ । तर, यसलाई धेरै पकाउनु भने हुँदैन । बढि पकाउँदा यसको पोषणतत्व हटेर जाने सम्भावना हुन्छ ।

  • रायोको साग गर्भवती महिलाका लागि निकै लाभदायक हुन्छ । यसमा प्रचुर भिटामिनको मात्रा हुने भएकाले वाकवाक आउने, बान्ता हुने र टाउको दुख्नेजस्ता समस्याबाट बचाउँछ ।
  • निमोनिया, फोक्सोको इन्फेक्सन, रुघाखोकी लाग्ने मानिसले पनि रायोको साग सेवन गर्दा राहत मिल्छ । यसबाट प्राप्त हुने ‘भिटामिन सी’ ले यस्ता खालका दिर्घ रोगिलाई औषधीकै काम गर्छ ।
  • बाथको रोगीलाई पनि रायोको सागले राहत प्रदान गर्छ । यसमा हुने कपरले शरिरको दुखाइलाई कम गर्छ ।
  • पिसाब नलिको पत्थरीबाट पनि रायोको सागले बचाउने काम गर्छ ।
  • रायोको सागले डन्डीफोर, छालासम्बन्धि विभिन्न इन्फेसनबाट बचाउँछ ।
  • रायोको सागमा पाइने ‘भिटामिन के’ ले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुख क्यान्सरको जखिमलाई कम गर्छ । यसले कलेजो क्यान्सरका विरामीलाई पनि फाइदा पुर्याउँछ ।
  • मुटुसम्बन्धी समस्या छ भने पनि रायोको साग खान नछुटाउँदा राम्रो हुन्छ । यो सागले मुटुको विरामीलाई राहत प्रदान गर्छ ।
  • यसले शरीरका विकार पदार्थलाई निस्कासन गर्नका लागि समेत सहयोग पुर्याउँछ । त्यति मात्र होइन यसले स्मरणशक्ति बढाउनमा पनि भूमिका खेल्छ ।
  • रायोको सागमा ‘भिटामिन ए’ को मात्रा प्रशस्त हुन भएकाले आँखालाई स्वस्थ राख्नका लागि सहयोग पुर्‍याउँछ । आँखाको लागि ‘भिटामिन ए’ अपरिहार्य तत्व हो । यसले रतन्धोलगायत आँखामा हुने समस्याको सम्भावनालाई पनि दुर गर्ने काम गर्छ ।
  • रायोको सागमा ‘भिटामिन(के’ प्रशस्त मात्रामा पाइन्छ । यसले हाडलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । त्यति मात्र नभएर रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने समस्यालाई पनि रोक्ने गर्छ । हड्डी खिइने समस्या छ भने पनि रायोको साग अमृत सावित हुन सक्छ ।
  • रायोको सागमा भिटामिन के, ए, सि, इ, बि वन, बी टु, बि थ्री, प्रोटिन, म्याग्नेसियम, इइरन, फस्फोरस, प्यान्टोथेनिक एसिड, फाइबर, फोलेटलगायतका पोषण तत्व हुने गर्छ । जसले शरिरलाई पूर्ण रुपमा स्वास्थ राख्नका लागि मद्दत पुर्याउँछ ।

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्