Logo
११ बैशाख २०८१, मंगलबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ सय भन्दा बढी स्टल रहने हाइड्रो एक्स्पोमा ७० प्रदर्शकले गरे स्टल बुक

काठमाडौं : १ सय भन्दा बढी स्टल रहने दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सहभागी हुनका लागि ७० भन्दा बढी प्रदर्शकले सहभागिता निश्चित गरेका छन् । विदेशी प्रदर्शकहरूको पनि उल्लेख्य सहभागिता रहने एक्स्पोको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आगामी माघ ४ देखि ६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्न लागेका हुन् ।

एक सयभन्दा बढी स्टल रहने एक्स्पोमा सहभागी हुनका लागि विभिन्न मुलुकका झन्डै दर्जन प्रदर्शकले सहभागिता निश्चित गरेको आयोजक इप्पानले जनाएको छ । एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिकलगायत देशका कम्पनीको सहभागिता रहनेछ ।

जलविद्युत् प्रवद्र्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, बिमालगायत जलविद्युत्मा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रका गरी ७० भन्दा बढी प्रदर्शकले स्टल बुक गरिसकेका छन् ।

अर्को आयोजक संस्था एक्स्पो एन्ड एभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । जलविद्युत्का क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना हुन लागेको एक्स्पोमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्व रहनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यसायी महासंघ तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई प्रवद्र्धन गर्ने छन् ।

नेपाल भारत चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिरी, नेपाल जर्मन चेम्बर अफ कमर्श एन्ड इन्डष्ट्रिरी, युरोपियन इकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाण्डू युनिभर्सिटी र पर्यटन बोर्डले एक्स्पोलाई सक्रिय सहयोग गर्ने छन् ।

एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्य विषयमा दैनिक तीनवटा सेमिनार आयोजना गरिनुका साथै युवा पुस्तालाई लक्षित गरी हाइड्रोपावर क्षेत्रमा अभिरुचि भएकालाई प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिने छ ।

हाइड्रोपावरसम्बन्धी उत्पादन र सर्भिसको विकासमा प्रतिस्पर्धा गराई विद्यार्थी र नयाँ आविस्कार गर्ने मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसै गरि एक्स्पोमा रोबोटिक प्रतियोगिता गराई विजेतालाई पुरस्कार बितरण गरिनेछ

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्