Logo
१३ बैशाख २०८१, बिहीबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा बहुमत जुटाउन नसकेपछि बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिचेलले दिए राजीनामा

बेल्जियमका ३८ वर्षको उमेरमा प्रधानमन्त्री बनेका चार्ल्स मिचेलले अल्पमतमा परेको सरकारमा बहुमत जुटाउन नसकेपछि राजीनामा दिएका छन् । प्रधानमन्त्री चार्ल्स मिचेलले आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघसँगको सहमतिमा असहमति जनाउँदै पदबाट राजीनामा दिएका हुन् ।

सहमति प्रति असन्तुष्टि जनाउँदै गठबन्धन पार्टी सरकारबाट बाहिरिएपछि मिचेल अल्पमतमा परेका थिए । अघिल्लो साता मात्रै संयुक्त राष्ट्रसंघको आप्रवासी नीतिमा हस्ताक्षरपछि राजधानी ब्रसेल्समा प्रदर्शन भएको थियो ।

मिचेलले राजा फिलिप सामु राजिनामा दिने घोषणा गरेका हुन् । राजा फिलिपले भने राजिनामा स्वीकृत गर्ने-नगर्ने स्पष्ट छैन् ।

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्