Logo
१२ बैशाख २०८१, बुधबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुन सकेन सहमति : देउवा आफ्नो अडानमा ब्याक नहुने, पौडेललाई पछार्ने रणनीति

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी महासमिति बैठकमा संशोधित विधानलाई लिएर सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति हुन सकेको छैन ।

दुई नेताहरुबीच विधानमा सहमति नहुनुको मुख्य कारण पदाधिकारी थप्ने वा नथप्ने विषय नै भएको बुझिएको छ । पदाधिकारी थप्दा देउवालाई घाटा छ ।

उता पौडेले पक्षले पदाधिकारी निर्वाचित हुनुपर्ने अडान लिएको छ । यसमा पनि देउवाले चलाखी गरेर तत्काल निर्वाचनमा नजाने अडान लिएका छ । महासमिति सदस्यहरु दुई नेताहरुबीचको लडाईले गर्दा चिन्तित छन् ।

दुवै पक्ष आफ्नो गुटलाई बलियो बनाउनेगरि कदम चालेका छन् । महासमिति बैठकमा कसैको पनि दुई तिहाई पुग्दैन । विधान सर्वसम्मतीले पारित हुनेपनि कुनै छाँटकाँट छैन् ।

देउवा कुनैपनि हालतमा अहिले पदाधिकारी थप्ने पक्षमा छैनन् । पदाधिकारी थप्दा आफू कमजोर हुने उनको आँकलन छ । सोही अनुसार उनले आफ्नो रणनीति बनाएका छ ।

देउवाले बोल्दाबोल्दै माइक काटियो 
महासमिति बैठकमा अनेक रमिता चलिरहेको छ । बिधानको विषयमा यति लामो छलफल भएर पनि बैठकमै पेश हुन नसकेपछि नेताहरूबीच अहिलेसम्म बाझाबाझ र माइक खोसाखोसमात्र भएको छ ।

सहमहामन्त्री डा प्रकाशशरण महतले नुवाकोट सभापति जगदिश्वर नरसिंह केसीको माइक खेसेपछि उत्तेजित बनेको भिडि नियन्त्रणका लागि सभापति शेरबहादुर देउवाले निर्देशन दिन खोज्दै थिए कसैले माइकनै काटिदियो । त्यसपछि देउवा फेरि रिसाए र अन्तिममा बैठक स्थगित भयो भन्दै आफै बैठकस्थलबाट बाहिरिए ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्